काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
योसँगै उपत्यकामा संक्रमितको संख्या ४९१ पुगेको छ । मंगलबार मात्र उपत्यकामा ५३ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा संक्रमण पुष्टि भएको छ भने १४६ जना निको भएका छन् ।






