उदयपुरमा कोरोना संक्रमणको जोखिम बढेपछि बजार बन्द गरियाे


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

उदयपुरको कटारीमा समुदायस्तरमा कोरोना फैलिन सक्ने जोखिम बढेपछि कटारी बजार बन्द गरिएको छ । ताप्ली गाउँपालिका-२ निवासी एक महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै कटारी नगरपालिकाले बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।

बजार बन्दको निर्णयसँगै बिहानैदेखि प्रहरी इन्स्पेक्टर प्रमोद कार्कीको नेतृत्वमा बजारमा प्रहरी परिचालन गरिएकाे छ । बिहाने खुलेका केही पसलहरु पनि बन्द गराइएकाे छ । श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि आएकी थिइन् । त्यसपछि उनलाई विराटनगर रेफर गरिएकाे मोडेल हेल्थ केयर प्रा.ली. का संचालक तथा डाक्टर गणेश लाल दासले जानकारी दिनुभयाे । आफूले स्वास्थ्य सुरक्षा अपनाएर ती महिलाको उपचार गरी विराटनगर पठाएको डा. दासले बताउनुभयाे । उहाँले भन्नुभयाे, । ‘बिरामी आएपछि उपचार गर्नु हाम्रो कर्तब्य हो ।’

उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी नतिजा नआएसम्म अत्यावश्यक कामबाहेक बजारका सबै क्षेत्र बन्द गर्ने निर्णय भएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘आजदेखि सबै बन्द गराउने निर्णय गरेका छौं। अत्यावश्यक कामका लागि पनि अनिवार्य मास्क प्रयोग गर्न र नगरवासीलाई सचेत रहन माइकिङ गर्नेलगायतका कार्यलाई निरन्तरता दिएका छौँ ।’

नगरपालिकाले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम न्यूनिकरणका लागि अत्यावश्यक कामबाहेक व्यापार व्यवसाय, सवारी , कार्यालय , होटल व्यवसाय सबै क्षेत्र बन्द गरिएको उल्लेख गर्दै सूचना जारी समेत गरेको छ । नगरपालिकाले कोरोना नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको नगर उप प्रमुख भीम कुमारी राउतले बताउनुभयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com