काठमाडौँमा दही किन्न निस्किएकी युवतीमाथि एसिड प्रहार
प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार
काठमाडौँको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो ।
दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनमाथि कसले ? एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित युवतीको मुखमा एसिड परेको छ । युवतीको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ । प्रहरीले एसिड प्रहार गर्नेको खोजी तथा अनुसन्धान भइरहेको बताएको छ ।





