काठमाडौँमा दही किन्न निस्किएकी युवतीमाथि एसिड प्रहार


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

काठमाडौँको  सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो ।

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनमाथि कसले ? एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित युवतीको मुखमा एसिड परेको छ  । युवतीको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ । प्रहरीले एसिड प्रहार गर्नेको खोजी तथा अनुसन्धान भइरहेको  बताएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com