काठमाडौँमा दही किन्न निस्किएकी युवतीमाथि एसिड प्रहार


प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार

काठमाडौँको  सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो ।

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनमाथि कसले ? एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित युवतीको मुखमा एसिड परेको छ  । युवतीको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ । प्रहरीले एसिड प्रहार गर्नेको खोजी तथा अनुसन्धान भइरहेको  बताएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com