‘एक महिनाभित्रै आउनसक्छ कोभिड-१९ भ्याक्सिन’


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

एजेन्सी । रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकसित कोभिड–१९ भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको थियो । गामालाई सेन्टरका निर्देशक अलेजेन्दर गिन्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्याक्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।

सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्लिनिकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले रुसी न्युज एन्जेन्सी तासलाई दिएको जानकारीअनुसार स्वयमं्सेवकमा भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको छ र अध्ययनको नतिजाले भ्याक्सिन प्रभावकारी भएको देखाउँछ ।

‘यो अनुसन्धान पूरा भएको छ र यसले भ्याक्सिन सुरक्षित छ भन्ने प्रमाणित गरेको छ,’ तासले सेमलाईयार्चुकलाई उदृत गर्दै लेखेको छ । यता विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को प्रोटोकलअनुसार ठूलो परिमाणमा उत्पादनका लागि स्वीकृति पाउनुअघि भ्याक्सिनले तीन चरणको क्लिनिकल ट्रायल पूरा गर्नुगर्छ । डब्ल्युएचओको सूचीमा रुसी भ्याक्सिनको अध्ययन पहिलो चरणका रुपमा सूचीकृत छ । र, अहिलेसम्म कुनै पनि भ्याक्सिनले तेस्रो चरणको परीक्षण सफल नभएसम्म ठूलो परिमाणमा प्रयोगका लागि स्वीकृति पाएका छैनन् ।

यदि, अन्तिम चरणमा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएमात्रै यसको औद्योगिक उत्पादन सुरु हुन्छ । द मस्को टाइम्समा प्रकाशित रिपोर्टअनुसार यसै महिनाको सुरुवातमा सेमलाईर्याचुकले भनेकी थिइन् कि अध्ययनमा सहभागी भएका व्यक्तिमा इन्जेक्सनपछि टाउको दुख्ने, शरीरको तापक्रममा प्रभाव पार्नेलगायत लक्षण देखियो । तर यी सबै लक्षण २४ घण्टाभित्र ठिक भएको उनले बताएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाई ३ मा प्रेस विज्ञप्तिमार्फत विश्वविद्यालयले जनाएको थियो कि यस भ्याक्सिनको प्रभावकारिताबारे बायोकेमिकल परीक्षणको आधारमा रुसी सरकारले निर्णय गर्नेछ । सेचेनोभ विश्वविद्यालयले जुलाई १५ र जुलाई २० मा दुई समूहका स्वयंम्सेवकलाई डिस्चार्ज गर्दैछ, उनीहरुलई यसअघि अन्य संक्रमणबाट जोगाउनका लागि २८ दिनसम्म आइशोलेसनमा राखिएको थियो । डिस्चार्ज गरिएका १८ देखि ६५ वर्ष उमेरका स्वयम् सेवकहरुलाई ६ महिनासम्म निगरानी गरिने सेमोलाईयार्चुकले बताए ।

विश्वविद्यालयले १८ जुनमा १८ जना स्वयमंसेवकको समूहमा भ्याक्सिनको पहिलो चरणको परीक्षण गरेको थियो । त्यसैगरी २० सहभागी समावेश दोस्रो समूहलाई २३ जुनमा भ्याक्सिन दिइएको थियो । कोभिड–१९ भ्याक्सिन बनाउने दौडमा रहेका धेरै देशमध्ये रुस एक हो । यहाँ ५ लाख ६९ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण देखिइसकेको छ । विश्वभर १ करोड २९ लाखभन्दा धेरै व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com