२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
अमेरिका

४० प्रतिशत कोरोना संक्रमितमा लक्षण नदेखिने तर सार्ने सम्भावना ७५ प्रतिशत : सीडीसी

कोरोना संक्रमितहरुमध्ये झण्डै ४० प्रतिशतमा कुनै पनि लक्षण नदेखिने अमेरिकन सीडीसीको नयाँ निर्देशिकामा जनाइएको छ । तर लक्षण नभएका कोरोना संक्रमितबाट अरुमा सर्ने सम्भावना भने ७५ प्रतिशतसम्म हुने सीडीसीले जनाएको छ ।

विगतमा कुनै लक्षण नभएका कोरोना संक्रमितको तथ्यांक ३५ प्रतिशत रहेको जनाएकोमा सीडीसीले उक्त दरमा ५ प्रतिशत बढाएर ४० प्रतिशत कायम गरेको छ । विगतमा भने सीडीसीले लक्षण नभएकाहरुबाट अरुमा सर्ने सम्भावना शतप्रतिशत रहेको बताएकोमा अहिले भने २५ प्रतिशत कम गरेको छ ।

सीडीसीले कोरोना संक्रमितमध्ये शुन्य दशमलव ६५ प्रतिशत व्यक्तिकोमात्र मृत्यु हुने आकलन प्रस्तुत गरेको छ । अमेरिकाका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या बृद्धि भइरहँदा विश्व स्वास्थ्य संगठन र अमेरिकन सीडीसीले नयाँ निर्देशिका जारी गरेको हो ।

गत जुलाई ९ मा विश्व स्वास्थ्य संगठनले निर्देशिकामा अपडेट गर्दै हावाको माध्यमबाट समेत कोरोना फैलिने जनाएको थियो । हावामा तैरिने सुक्ष्म कणहरुबाट कोरोना भाइरस टासिंदा उक्त कणहरुमार्फत संक्रमण फैलिने जनाएको थियो ।

विश्वभरका सयौं वैज्ञानिकहरुले हावाको माध्यमबाट समेत कोरोना संक्रमण फैलिने निष्कर्ष निकालेपछि विश्व स्वास्थ्य संगठनले निर्देशिकामा परिमार्जन गरेको हो ।

कोरोनाको संक्रमणबाट बालबालिकाहरुमा गम्भिर प्रकारको अवस्था र मृत्युको खतरा कम रहेको बताएको छ । तर उनीहरुले लक्षणविना नै जोखिमपूर्ण जनसंख्यालाई कोरोना सार्नसक्ने भएकाले सचेत हुनुपर्ने सीडीसीको निर्देशिकामा जनाइएको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →