काठमाडौँ उपत्यकामा कोरोना समुदाय स्तरमा फैलिसकेको हुन सक्छ :जनस्वास्थ्य विज्ञ


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

उपत्यकामा गत हप्तादेखि लगातार कोरोना संक्रमित वृद्धि हुँदै गर्दा जनस्वास्थ्य विज्ञहरुले उपत्यकामा कोभिड—१९को संक्रमण समुदाय स्तरमा फैलिसकेको हुनसक्ने अनुमान गरेका छन् ।

तर,स्वास्थ्य मन्त्रालय र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड—१९ को संक्रमण समुदाय स्तरमा नफैलिएको जानकारी दिएको छ । संक्रामक रोग विज्ञ डाक्टर प्रभात अधिकारीले भने संक्रमण समुदायमा फैलिएको छैन भनेर भन्न नसकिने बताउँदै सरकारी दावीको खण्डन गर्नुभएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसकेको भन्दै नयाँ ढंगले प्रविधिको प्रयोग गरेर ट्रेस गर्नु पर्ने बताउनु भयो । उहाको अनुसार चीन लगायत अन्य मुलुकमा उच्चतम प्रविधिको प्रयोग गरेर समयमै संक्रमित पत्ता लगाएर जोखिम न्यूनिकरण गर्न सफल भएको उदाहरण दिदै हालकै जस्तो प्रस्न—उत्तर प्रकृया अवलम्बन गर्ने हो भने ८० प्रतिशत संक्रमित छुट्ने दावी गर्नुभयो ।

डाक्टर अधिकारीले कोभिड—१९ को संक्रमण समुदायमा छ कि छैन भनेर भन्न सकिने एउटै आधार कन्ट्याक्ट ट्रेसिङमात्र रहेको हुदा समुदायमा कोभिड—१९ को अबस्था कन्ट्याक्ट ट्रेसिङ नगरी तत्काल थाहाँ नहुने तर समय वित्दै जादाँ संक्रमितमा लक्षण भए संक्रमणले भयावह रुप लिए पछि मात्र समुदाय स्तरमा थाहा हुने हुदा सरकारले कन्ट्याक्ट ट्रेसिङ र टेस्टीङलाई बढाउनु पर्ने जानकारी दिनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अधि पनि विभिन्न अध्ययनले कोभिड—१९ को संक्रमण समुदाय स्तरमा फैलिसकेको छ भन्ने तथ्य सार्बजनिक भएको थियो । सोहि अध्ययन र मिडियामा भएको प्रचारको खण्डन गर्दै मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले संक्रमण समुदाय स्तरमा नभएको यदि संक्रमण समुदाय स्तरमा भए महिला पुरुष समान संख्यामा संक्रमित देखा पर्ने जानकारी दिनु भएको थियो । तर,पनि संक्रामक रोग वैज्ञानिक डाक्टर समीरमणि दीक्षितले संक्रमण समुदायमा फैलिएको हुनसक्ने प्रसस्त आधारहरु भएको हुदा कन्ट्याक्ट ट्रेसिङ र टेस्टीङलाई बढाउनु पर्ने घारण राख्नु भयो ।

कोभिड—१९ को संक्रमण नेपालमा असार १९ गतेबाट घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ । केहि हप्ता अघि सम्म दैनिक ६ हजारको हाराहारीमा परिक्षण हुदै आएकोमा अहिले मात्र ४ हजारको हाराहारीमा पिसिआर परिक्षण हुदै आएको छ । गत १९ देखि २६ गते सम्मको तथ्यांक हेर्दा संक्रमण दर घट्दो क्रममा रहेको छ । तर नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोईरालाको भने सरकारको बिश्वसनियता माथि गंभीर प्रश्नचिन्ह खडा गर्नु भएको छ । डाक्टर कोईरालाले आफुले पटक पटक परिक्षणको दायरा बढाउन सुझाव दिए पनि सुनुवाई नभएपछि विज्ञहरुको छलफलमा जान छोडेको जानकारी दिनु भयो ।

यता विश्व स्वास्थ्य संगठनको शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिएलाजस्तो नदेखिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले अहिले जुन स्थिति कोभिड—१९ देखापरिरहेको छ , त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले भन्नु भयो ।

यसर्थ संक्रमणको जोखिम अहिलेनै विश्वबाटै नहट्ने हुदा भैतिक दुरी सामाजिक दुरि सहित नागरिकले उच्चतम सर्तकता अपनाउन आबस्थक छ भने सरकारले पनि संक्रमण बढ्दै गएको ठाउमा विशेष प्राथामिकतामा राखेर कन्ट्याक्ट ट्रेसिङ र टेस्टीङलाई बढाउन जरुरी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com