प्यूठानमा सलह (कीरा) भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो । सोमबार बेलुका भित्रिएको सहल अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् ।
जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोटलगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर लखेट्न थालेको रजबाराका स्थानीय लाल बहादुर सेनले बताउनुभयो ।
उहाँका अनुसार सलह देखिएपछि किसानले बाजागाजा बजाउने, आगो बाल्नेलगायत उपाय अपनाएर लखेट्ने काम गरिरहेका छन् ।
यसअघि आइतबार सरुमारानी गाउँपालिकाको बाङ्गेसालमा फाट्टफुट्ट सलह देखिएको थियो । अहिले ठूलो झुण्डमा सलह देखिन थालेको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।