आइसोलेसनबाट भागे ६३ जना कोरोना सङ्क्रमित


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना काेराेना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना रातारात भागेकाे स्थानीय प्रशासनले बताएकाे छ ।

आइसोलेसन अस्पतालमा सङ्क्रमितहरूका लागि खाना पकाउने भान्सेहरूले आफूहरूलाई गाउँपालिकाले सेवा सुविधा नदिएको भन्दै खाना ढिलो पकाएर दिएपछि सङ्क्रमितहरू आइसोलेसन अस्पतालबाट भागेको इलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ ।

इलाका प्रहरी चौकी नौमुलेकै आडमा रहेको भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालबाट ६३ जना भाग्दासमेत प्रहरीले बिहान मात्र खबर पाएको थियो । नौमुले गाउँपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले आफू बजार आएको र बिहान मात्र भागेको भन्ने हल्ला सुनेको बताउनुभयो ।

उहाँले ९२ जना सङ्क्रमित रहेको आइसोलेसन अस्पतालबाट ६३ जना कोरोना सङ्क्रमित भागेको र अरू त्यही आइसोलेसन अस्पतालमै रहेको जानकारी दिनुभयो । भागेको ६३ जनामध्ये पाँच-सात जना बिहानै आइसोलेसन अस्पतालमै फिर्ता भएको र अन्यको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नौमुले इलाका प्रहरी चौकीले समेत त्यसको कमान्ड गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउदको नेतृत्वमा सुरक्षा टोली पठाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com