पिसिआर टेस्ट नभएपनि चार्टर विमानमा उड्न पाइने


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

लकडाउनका कारण बेलायतमै रोकिएका नेपालीहरु स्वदेश फर्काउने दुई उडान यसै साता हुँदैछन् ।

जुन २४ बुधबार र २६ तारिख शुक्रबार लण्डनको ग्याटविक एअरपोर्टबाट जजिरा एअरवेजका दुई चार्टर विमान नेपाली बोकेर नेपालतर्फ उड्नेछन् ।

चार्टर उडानमा नेपाल जाने यात्रुहरुलाई कोरोना संक्रमण नभएको पुष्टि गर्ने प्रमाणपत्र पेश गर्न आव्हान गरिएको छ । पिसिआर टेस्ट वा आरडिटी टेस्टको रिपोर्ट अथवा बेलायतमा कार्यरत डाक्टरबाट कोरोना संक्रमण छैन भनेर दिइएको प्रमाणपत्र लिन आग्रह गरिएको छ ।

तर यी रिपोर्टहरु नहुने यात्रुहरु पनि चार्टर विमानमा उड्न भने पाउनेछन् । ‘पिसिआर रिपोर्ट नहुँदैमा उड्न नै पाइंदैन भन्ने होइन, उड्न पाइन्छ’, लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन भन्छन्, ‘तर नेपाल पुगेपछि जाँच गराउनुपर्छ । त्यस क्रममा रिपोर्ट नेगेटिभ आयो भने आफ्नै घरमा गएर क्वारेन्टिन बस्न पाइनेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार दूतावासले जारी गरेको सूचनामा भनिएको छ- ‘साथै प्राविधिक तथा अन्य कारणवश यदि कोरोना परीक्षणको पीसीआर तथा आरडिटी टेस्ट गर्न नभ्याएको तथा सम्भव नभएको अवस्थामा पनि लण्डनबाट काठमाडौ जान सकिने र काठमाडौं पुगेपश्चात कोरोना टेस्ट गर्न सकिने र कोरोना टेस्ट पश्चात् रिजल्ट नेगेटिभ भएमा होम क्वारेन्टिनमा रहन सकिने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।’

चार्टर उडानमा नेपाल जान धेरैजना इच्छुक भएको र सिट संख्या सिमित भएको कारणले टिकट काट्न बाँकी हुनेहरुले यथासक्य चाँडो टिकट काटी आफ्नो सिट सुरक्षित गर्न दूतावासले आग्रह गरेको छ।

तर बेलायतमै पिसिआर जाँच गराएर नेगेटिभ रिपोर्ट लिनेहरुलाई नेपाल गएर जाँच गराउने झञ्झट नहुने उपनियोग प्रमुख आरन बताउँछन् ।

जजिरा एअरवेजको नेपालस्थित आधिकारिक एजेन्टका बेलायत प्रतिनिधि जीवन सेनले पनि पिसिआर रिपोर्ट नआएकै कारण टिकट लिन पर्खिनुपर्ने अवस्था नरहेको भन्दै दूतावासको सूचीमा रहनेहरुलाई यथाशीघ्र टिकट सुरक्षित गर्न आग्रह गरेका छन् ।

टिकटका लागि सम्पर्क :

काठमाडौंस्थित जजिरा एअरलाइन्सको एजेन्ट ‘जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज’ लाई सम्पर्क गर्ने फोन नम्बर +977 -1-4440889 र +977-1-4440890 हुन् ।

टिकट लिने क्रममा कुनै सहयोग वा जानकारी चाहिएमा निम्नानुसारका फोन नम्बर तथा इमेलमा सम्पर्क राख्नुपर्नेछ ।

१ रामहरि सुवेदी : [email protected] +9779802015912

२ दामोदार दाहाल : [email protected] +9779851019102

३ राजेश गुरुङ : [email protected] +9779802000676

४ संगिता रौनियार : [email protected] +97798510016284, +977980190960

५ रमेश तामाङ : [email protected] +9779801909687

साथै, टिकटसम्बन्धी कुनै पनि सहयोग र जानकारीका लागि बेलायतमा उक्त कम्पनीका प्रतिनिधिलाई निम्नानुसारको फोन नम्बर र इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

– जीवन सेन   इमेल : [email protected]   फोन नम्बर : 07411655241

कुनै पनि जानकारी वा सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्नुपरेमा :

इमेल: [email protected] फोन नम्बर : 0207 229 1594 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com