भारत लगेर बालिका बिक्री गरेको आरोपमा दुई पक्राउ


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी बिक्री गर्नेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथलीका कृष्ण मगर र प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ। काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो।

उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौंबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए। उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com