चीनमा फेरि कोरोना संक्रमण बढ्यो, सबैभन्दा ठूलो खाद्य बजार बन्द
प्रकाशित मिति : असार ७, २०७७ आईतबार
चीनमा फेरि कोरोना भाइरसको २५ वटा नयाँ संक्रमितहरु देखिएका छन् । ति मध्ये २२ संक्रमितहरु बेइजिङमा फेला परेका छन् ।
त्यस्तै बाँकी तीन संक्रमितहरु छिमेकी प्रान्त हेबेईमा देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार राजधानीमा हालसम्म २३ लाख व्यक्तिको नमूना लिइएको छ ।
साथै, भाइरस फैलिनबाट जोगाउन सबैभन्दा ठूलो खाद्य बजारलाई यहाँ बन्द गरिएको छ । चीनमा अहिलेसम्म कुल जम्मा संख्या ८४ हजार ५ सय ५३ रहेको छ भने ४ हजार ६ सय ३९ व्यक्तिको मृत्यु भएको छ । एजेन्सी