क्वारेन्टिनबाट कसरी भागिन गर्भवती किशोरी


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।

सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए। यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।

झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए। भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् । राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि सोही क्वारेन्टिनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज–१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ । युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टिनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बताए।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com