‘ओ’ रगत समुह हुनेलाई कोरोनाको जोखिम कम हुने प्रारम्भिक अध्ययनको नतिजा


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

कोरोना भाइरसबारेको अध्ययनको प्रारम्भिक नतिजाले व्यक्तिमा रहेको निश्चित प्रकारका रगत कोरोनाबिरुद्ध केही सुरक्षाकवच हुने देखाएको छ । कोरोना संक्रमण हुने कतिपयमा गम्भिर अवस्था देखिने, कतिपयमा सामान्य लक्षणहरु देखिने र कतिपयमा लक्षणै नदेखिनुको कारणबारे अध्ययन सुरु गरिएको थियो ।

२३ एण्ड मी नामको कम्पनीले अध्यययनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । जसमा साढे सातलाख व्यक्तिमा यसको अध्ययन गरिएको थियो ।

अध्ययन प्रतिवेदन विस्तारमा पढ्नुहोस् ।

अध्ययन अनुशार ‘ओ’ रगत समुह कोरोनाबिरुद्ध सुरक्षाकवच हुनसक्ने देखिएको छ । प्रारम्भिक नतिजा अनुशार अन्य रक्त समुह भएकाहरुको तुलनामा ओ रगत समुह भएकाहरुमा कोरोना पोजेटिभ १८ प्रतिशतले कमी देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको संक्रमण र यसको लक्षण जेनेटिक आधारमा समेत भरपर्ने सम्बन्धमा अध्ययनहरु भइरहेका छन् । कोभिड १९ र जिनको सम्बन्धबारे विभिन्न अध्ययनहरु समेत भइरहेका छन् ।

अहिलेको नतिजा प्रारम्भिक रहेको र व्यक्तिको रगतको प्रकारले कसरी भारइसको अतिसंवेदनशिलतामा भूमिका खेल्छ भन्नेबारे थप अध्ययन भइरहेको छ । चीनमा गत मार्चमा गरिएको एउटा अध्ययनमा पनि ‘ओ’ रगत समुह कोरोना भाइरसको संक्रमणमा बढी प्रतिरोधक हुने निष्कर्ष निकालिएको थियो । उक्त अध्ययनमा सबैभन्दा बढी जोखिम ‘ए’ रगत समुह हुनेलाई भएको निष्कर्ष निकालिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com