अमेरिकाको बायोटेक्नोलोजी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोना भाइरसको खोप परीक्षण


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।

अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ, कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताउनुभयो ।

कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरु चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन् ।

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भन्नुभयो, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पशुहरुमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको छ । उहाँले नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १.५ अर्ब डोज उत्पादन गर्न सकिने बताउनुभयो ।

ग्लेनले भन्नुभयो, “एनभिएक्स–कोभ २३७३ नाम दिइएको यस खोपको उत्पादन गर्न नर्वेस्थित एक संस्थाले मार्च महिना यता ३८ करोड ८० लाख डलर लगानी गरेको छ ।”

मेलबोर्न र ब्रिस्बेनमा क्लिनिकल परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको नोभाभाक्सले जनाएको छ । धेरैवटा मुलुकका अरु हजारौं व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिनेछ ।

अस्ट्रेलियाको सहयोगी संस्था न्यूक्लियस नेटवर्कका संक्रामक रोग विशेषज्ञ पल ग्रिफिनले मेलबोर्नमा छ जना स्वयंसेवीलाई खोप दिएर कार्यक्रम शुभारम्भ गरिएको जानकारी दिनुभयो ।

नोभाभाक्सका पदाधिकारीले गत महिना एसोसिएटेड प्रेससँगको भेटमा “हाम्रो खोप बनाउने तरिका भिन्न छ, हामी भाइरसलाई कहिल्यै छुँदैनौं” भनेका थिए ।एजेन्सी,

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com