परिवारको महत्व यो बेला अझ बढेको महसुस गरेर छोरासँग बस्न आएँ : यम बराल


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

– यम बराल

कोविड १९ ले हाम्रो देश नेपालमा मात्र होइन, विश्व नै आक्रान्त बनेको छ । अन्य मुलुकको तुलनामा हाम्रोमा अहिलेसम्म अप्रीय घटना घटेको छैन । यसरी हेर्दा हामी केही सुरक्षित नै छौँ ।

म पनि आम नागरिक सरह, नेपाल सरकारको निर्णयलाई पालना गर्दै क्वारेन्टीनमा बसेको छु । क्वारेन्टीनमा बस्दा पहिलो काम कोरोनाकै बारेमा जनचेताना जगाउने भिडियो घरमै बसेर निर्माण गरी, सोसल मिडिया मार्फत प्रशारण गरेका छौँ । यसमा जेनिस प्रधानको संगित रहेको छ,भने हामी ८/१० जना सर्जकहरु मिलेर काम गरेका छौँ । यसबाट सामाजिक जनचेतना जगाउन कलाकारको हिसाबले सोसल मिडिया मार्फत जनतासँग पुर्याउने काम गरेको छु । अहिले मैले गर्ने योगदान यहि नै हो ।

यसैगरी, आफ्नो १२ औँ एल्वमको तयारीमा जुटेको छु । काम लकडाउन पहिलादेखि सुरु भएको हो,अहिले त्यसलाई निरन्तरता दिएको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिशेषगरी गितहरु कम्पोज गर्ने,एरेन्ज गर्ने र डिजाइनको काम भैरहेको छ । त्यसका साथै मेरा जति पनि पुराना गित, कारणबस रोकिएका थिए, ती गितहरुलाई पोलिस गर्ने काममा पनि जुटेको छु ।

लकडाउनमा यत्तिकै समय बिताउनुभन्दा श्रृजनाको पोलिस गर्ने ,शारिरीक ब्यायाम र खानपानलाई पनि बढी ध्यान दिने गरेको छु । यो बेला हामी सबैले खानपानमा बढी नै ध्यान दिनु पर्दछ । शरिरलाई तन्तुरुस्त बनाउन गित बजाएर नाच्ने पनि गर्दछु ।

यो बेला परिवार चाहिने रहेछ भन्ने महशुस गरेको छु । त्यसैले छोरा, दाई/भाउजु र ठूलो मुमासँग बस्न पुख्र्यौली घरमा आएको छु । यो बेला मेरो परिवारमा मात्र होइन, सबैको परिवारमा पारिवारिक सामिप्यता बढेको छ । परिवारसँगै समय बिताईरहेको छु ।

कोरोनाबाट बच्न आफूले जानेका कुरा जनचेतनाको लागि समाजिक सञ्जालबाट बोली रहेको पनि छु । यसरी नै दैनिकी चलेको छ ।

अन्त्यमा, हामीले कोरोना पक्कै पनि जित्ने छौँ । अहिले कोरोनाभाइरसबाट जति पनि संक्रमित ब्यक्तिहरु हुनुहुन्छ, उहाँहरुको स्वास्थ्य लाभको लागि प्राथना गर्दछु । उहाँहरु छिटो निको हुनुहोस् । नेपालबाट कोरोनाको छिट्टै अन्तभएको खुशीको खबर सुन्न पाउनेछौँ ।

(नेपालका बरिष्ठ गायक यम बरालसँग खसोखास प्रतिनिधि अस्मीता खड्काले गरेको कुराकानीमा आधारित)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com