कोरोना महामारीमा समस्यामा परेकालाई सहयोग गर्नु मानवीय धर्म सम्झें : पासाङ शेर्पा


प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार

पासाङ शेर्पा न्युयोर्क निवासी गीतकार तथा हेयर स्टाइलिस्ट हुन् । ज्याक्सनहाइटमा पासाङ स्ट्राइकिङ स्टायल संचालन गरिरहेका शेर्पा कोरोनाको महामारी सुरु भएलगत्तै फिल्डमा खटेर नेपाली समुदायको सहयोगमा लागि परे । बिरामी, संवेदनशिल अवस्थामा रहेका र समस्यामा परेकाहरुलाई औषधी, मास्क, थर्मामिटर लगायतका सामाग्रीहरुमात्र होइन, ग्रोसरी लगायतका खाद्य सामाग्री पुर्याउनमा पनि लागे परे । कोरोनाको महामारीबाहेकका अन्य समयमा पनि अरुलाई सहयोग गर्नुलाई आफ्नो मानवीय धर्म ठान्ने शेर्पाले आसनग्रहण र भाषणको कहिले लोभ राखेनन् । कहिले बृद्धाश्रममा गएर बृद्धबृद्धाको निशुल्क कपाल काट्नेदेखि नेपालदेखि अमेरिकासम्म समस्यामा परेकाहरुलाई सहयोगका लागि सधै हात अगाडि बढाए । उनै शेर्पासँग कोरोनाको महामारीपछिको जीवनका बारेमा गरिएको संक्षिप्त सम्बाद ।

कोरोनाको महामारीपछिको जीवन कसरी चलिरहेको छ ?

जीवन पहिलेभन्दा फरक छ । सहज छैन । कामहरु सुरु भएको छैन । घरमै बस्नुपर्ने अवस्था छ ।

तपाई गीतकार पनि हुनुहुन्छ । केही नयाँ श्रृजना गर्दै हुनुहुन्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मैले यो समयमा गीतको नोट निकाल्न सकेको छैन । केही लाइनहरु मनमा आउँछ । तर यो त्रासदीपूर्ण अवस्थामा त्यसलाई पूर्णता दिन सकेको छैन । दिमाग फोकस गर्न नसकेका कारण श्रृजनामा लगाउन सकेको छैन ।

तपाई फिल्डमै उत्रेर पनि सामाजिक कार्यमा सकृय हुनुहुन्छ । के के गर्दै हुनुहुन्छ ?

कुनै योजनाबद्ध तरिकाले सामाजिक काममा लागेको होइन । जतिबेला आवश्यक पर्छ, त्यतीबेला फिल्डमा जाने गरेको छु । सुरुमा १० दिन आइसोलेसनका रुपमा घरमै बसें, किनभने कामगर्ने स्थलमा नजिकै कार्यस्थल भएका साथीमा संक्रमण पुष्टी भएको थियो । सेल्फ आइसोलेसनको अवधिपछि मलाई घरमा बसिरहन मन लागेन । यो बेलामा समस्यामा परेकाहरुलाई जतिसक्दो सहयोग गर्नुपर्छ भन्ने लाग्यो । बाहिर निस्केर समस्यामा परेकाहरुलाई ग्रोसरीहरु किनेर पठाउने गरेको थिएँ । सकेको सहयोग गरिरहेको थिएँ । पछि कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुहका तर्फबाट मलाई पनि स्वयंसेवकका रुपमा खट्न बोलाउनुभयो । त्यसपछि जतिबेला आवश्यक पर्छ, त्यतीबेला फिल्डमा गरेर बिरामी र आवश्यक परेकाहरुलाई औषधी, थर्मामिटर, मास्कहरु पुर्याउने, समस्यामा परेकाहरुलाई ग्रोसरीहरु पुराइदिने, विद्यार्थीहरुलाई ग्रोसरी वितरण गर्ने लगायतका काममा खटें ।

सामुहिक रुपमा सहयोगमा लाग्दा कस्तो अनुभव भयो ?

हाम्रो टिम एकदमै राम्रो छ । अहिलेसम्म छैठौंपटक सम्म विद्यार्थीहरुलाई ग्रोसरी लगायतका खाद्यान्न वितरण गरियो । सबै मिलेर समस्यामा परेकाहरुलाई सहयोग गर्दा त्यसमा आफूपनि सहभागी हुन पाउँदा त्यसलाई मैले आफ्नो मानवीय धर्म ठानेको छु । जात, धर्म, राजनीति भन्दा माथि उठेर एकजुट भएर एकअर्कालाई सहयोग गर्नु निकै राम्रो हो । यो टिम राजनीतिभन्दा माथि भएकाले म सामेल भएको हुँ । यो टिम बाहेक अरु नेपालीहरु पनि एकअर्कालाई सहयोगमा लागिरहनुभएको छ । विभिन्न संघसंस्थाबाट पनि सहयोगमा लागिरहनुभएको छ । जुन निकै राम्रो हो । यसले एकले अर्कालाई सहयोगमात्र भएको छैन, आपत पर्दा नेपाली समुदाय सहारा बन्नसक्ने आधार र मनोवल निर्माण भएको छ ।

सहयोगका क्रममा फिल्डमा खट्दाको कुनै अनुभव बताउन चाहनुहुन्छ ?

न्युयोर्कमा निकै त्रास बढेको थियो । म एउटा घरमा ग्रोसरी पुर्याउन गएँ । त्यहाँ पुगेर मैले सम्बन्धित व्यक्तिलाई फोन गरेर तल लबीमा सामान लिन आउन अनुरोध गरें । तर उहाँले आफू लबीमा आउन डर लागेको र माथि नै सामान ल्याइदिन भन्नुभयो । मलाई कुनै नराम्रो अनुभव भएन, मैले माथि नै लगेर ग्रोसरी दिएँ । तर माथि कोठाको मान्छे तल लबीसम्म आउन डराउने अवस्थामा म फिल्डमा खटिरहेको थिएँ । अहिले सम्झदा अलिक मुर्ख भएर जोखिम उठाएँ कि जस्तो पनि लाग्छ ।

जीवनलाई नयाँ रुपमा सामान्य बनाउन के गर्दै हुनुहुन्छ ?

पहिले भन्दा स्थीति सामान्य बनिसकेको छ । घरघरमा मास्कहरु पुर्याउनुपर्ने अवस्था छैन । व्यवसायहरु खोल्दै जाने र काममा फर्कदै जाने योजनामा छु । यो अवस्था कस्तो बन्दै जान्छ, त्यही अनुशार अगाडि बढ्ने हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com