लकडाउनमा कौशी खेती र ध्यानतिर कलाकार गौरी मल्ल


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

कलाकार गौरी मल्लले कोरोनाको महामारीपछि लकडाउनको समय श्रृजनात्मक काममा लगाइरहेकी छिन् । उनले लकडाउनपछि प्राय समय घरमै विताइरहेकीछिन् ।

कौशी खेती र ध्यान

काममा बाहिर जानु नपरेको हुदाँ उनले यो समयमा घरमा कौशी खेती पनि गरेकी छिन् । कौशी खेती अन्तरगत उनले साग, गोलभेडा, खुर्सानी र लहरे तरकारी लगाएकी छिन् । सजिलै स्यारसुसार गर्न सकिने भएकाले यस्ता तरकारीहरु लगाएको उनी बताउँछिन् ।

महामारीका समयमा शारिरिक र मानसिक स्वाथ्यको पनि उत्तिकै ख्याल गर्न जरुरी हुन्छ । गौरीले आफ्नो समय ध्यान र प्राणयाममा समेत लगाइरहेकी छिन् । साहित्यमा निकै रुची छ उनको । खासगरी कथा र कविता लेखनमा उनको खास रुची छ । उनी भन्छिन् -‘अहिले ध्यान र प्राणयाम गरेर समय बितेको छ । त्यसको साथै कविता र कथाहरु पनि लेखिरहेकी छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौरी भन्छिन् -‘कोरोनाको कारण विश्व नै अन्यौलमा छ । भौतिक दुःख सुख त भइरहन्छ तर मन चाही निकै दुखेको छ । अकस्मात हुने महामारीसँग जुध्न मानिसले परिस्थितिसँग संझौता गर्ने बाहेक अरु केही गर्न नसक्ने रहेछ ।’

पाठ सिकौं, नबिर्सौ

यसैगरी लम्बिदै गएमा अवस्था धेरै भयाभह हुने हो कि भन्न चिन्ता पनि छ उनलाई । तर जीवनका हरेक गतिविधिबाट शिक्षा लिनपर्ने बताउँछिन् उनी । कोरोनाबाट पनि शिक्षा लिनुपर्ने उनको भनाई छ । उनी भन्छिन् -‘कोरोना संक्रमणमा धनी गरिबको भेद छैन । यहाँ कसैलाई धन सम्पत्तिले बचाउँदैन । सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेछ, सम्पत्ति ठूलो कुरा होइन रहेछ भन्ने कुरा सिकाएको छ ।’

मानिसलाई यस्ता घटनाहरुले धेरै कुरा सिकाउने भएपनि सकिएकै भोलिपल्ट बिर्सन नहुने उनी बताउँछिन् ।

आफू अत्वाश्यकबाहेक घरबाट ननिस्कने र घरमै धेरै समय विताउने उनी बताउँछिन् । तर, काम रोकिएकोमा अन्योल छ । त्यसमाथि राज्यको नेतृत्व सम्हाल्नेहरुको अकमण्र्यताका कारण उनलाई बेलाबेलामा पीडा बोध हुन्छ । लाग्छ – ‘हामी धेरै कुरामा विवश छौँ ।’

सिमा अतिक्रमणको पीडा

यही बेलामा भारतीय पक्षबाट नेपाली भूमि मिचिएको सन्दर्भले गौरीलाई पनि पोलेको छ । उनी भन्छिन् -‘एक इन्च जमिन मिचेर कसैले घर बनायो भने त ठूलो झगडा हुन्छ । त्यो समाज वा कानुनी रुपमा मिलाउने गरिन्छ । तर देशको सिमाना मिचेर विदेशीले बाटो बनाउँदा राज्यको शासन सत्ता सम्हालेका नेताहरु विरोध गर्न सक्दैनन् ।’

जनताले मात्र विरोध गरेर नहुने बताउँछिन् उनी । देशको बागडोर सम्हालेका नेताले सही समयमा सही कदम नचालेको हुँदा त्यसको पीडा जनताले अहिले भोग्नु परेको उनको निष्कर्ष छ ।

विदेशमा अलपत्र नेपाली

कोरोनाको महामारीका बेलामा विदेशमा अलपत्र परेका नेपालीको पीडा थाहा पाउँदा गौरीलाई पनि पीडा महसुस हुन्छ । उनी भन्छिन् यस्तो बेला राज्यले विदेशमा अलपत्र रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई स्वदेशमा फर्काउनु पर्दछ । आफ्नो देश फर्कन पाउने उनीहरुको अधिकार हो । त्यसको लागि राज्यले के कति तयारी गर्नुपर्ने हो, तत्कालै गर्नुपर्छ ।

‘देशमा रोजगारी सृजना गर्ने हो भने कोही पनि मानिस परिवार छोडेर विदेश जाँदैन । घरमा जस्ता पाता हाल्नको लागि कैयौँ युवा विदेशीएका छन् ।’ – गौरी भन्छिन् ।

तत्कालका लागि लकडाउन निर्विकल्प

तत्कालका लागि कोरोनाको संक्रमण फैलिनबाट रोक्नको लागि लकडाउनको विकल्प नभएको बताउँछिन् गौरी । किनभने अहिलेसम्म न भरपर्दो औषधी आएको छ न त तत्काल भ्याक्सिन आउने सम्भावना छ ।

लकडाउनको कुनै अर्थ छैन । हामीलाई कोरोनाले छुदैन भन्दै हिड्नेहरु पनि छन् । उनीहरुले नबुझेर त्यसो भनेका होलान् । बुझेकाहरुले राम्रोसँग उनीहरुलाई बुझाउन जरुरी छ । गौरी भन्छिन् ।

प्रस्तुती : अस्मीता खड्का

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com