‘महामारीमा संचारगृहले सही नीति लिएको भए पत्रकारहरु टोपीले मुख छोपेर हिड्नु पर्दैनथ्यो’


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

नेपालमा प्राइभेट कम्पनीका रुपमा दर्ता भएर समाचार सेवा प्रदान गर्दै आएको न्यूज एजेन्सी नेपाल अहिले पत्रिका, अनलाइन र २४ वटा टिभि सहित ४५ सञ्चारमाध्यसँग सहकार्य गर्दै आएको छ । यो समाचार संस्थाले कोरोना महामारीको समयमा कसरी काम गरिरहेको छ र त्यहाँ कार्यरत पत्रकारहरुले कस्तो कस्तो खालको समस्याको समाना गर्नु परेको छ भन्ने बारेमा न्यूज एजेन्सीका म्यानेजिङ डाइरेक्टर सविन धमलासँग खसोखासकर्मी अस्मीता खड्काले गरेको कुराकानी ।

कोरोना महामारीको यो समयमा सञ्चार माध्यमहरुलाई कसरी सेवा दिनुभएको छ ?

हामी दैनिक गतिबिधिहरुलाई केन्द्रमा राखेर समाचार उत्पादनगर्दै आएका थियौँ भने कोरोनाको महामारीपछि अहिले पुराना फुटेजहरु प्रयोग गरेर फोनबाट कुराकानी गरी समाचार उत्पादन र हामीसँग सहकार्यमा रहेका सञ्चार माध्यमहरुलाई दिएका छौँ । तर, पछिल्लो केही दिन यता राज्यले तोकेका नियमहरुको पालना गर्दै र सामाजिक दुरी कामय राख्दै फिल्ड रिर्पोटिङमा पनि छौँ । अर्को, कोरोनाविरुद्ध लड्नका लागि के के गर्नु पर्दछ भन्ने खालका जनसचेतानामूलक समाचारहरु उत्पादनमा जोड दिएका छौँ । अर्को, जुमलाई प्रयोग गरेर हामीले समाचार उत्पादन गर्ने गरेका छौ । जसले गर्दा हामीलाई झन धेरै व्यस्त बनायो । खासगरी भिडियो सहितका समाचारहरु उत्पादन गर्नु यो महामारीको बेला कठिन नै भयो । तर, पनि हामीले समाचार सेवालाई रोकेनौँ ।

कति संञ्चारमाध्यमहरुलाई समाचार सेवा दिनुभएको छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रिका, अनलाइन र टिभि गरेर ५४ वटा सञ्चारगृहसँग सहकार्य गर्दै आएका छौँ । यसमा २४ वटा टेलिभिजन गृह रहेकाछन् भने बाँकी पत्रिका र अनलाइनहरु हुन ।

आपतकालिन परिवेश र महामारीका बेला सञ्चार माध्यममा काम गर्दा आउने सम्भावित चुनौतिलाई सामनागर्दै अगाडि बढ्न कुनै योजना बनाउनु भएको थियो कि ?

चाइनामा कोरोना देखापछि नेपालमा पनि आउन सक्छ भन्ने अनुमानका आधारमा हाम्रो एजेन्सीले केही पूर्व तयारी गरेका थियौँ ।
देशमा महामारी फैलियो भने कसरी रिपोर्टिङ गर्ने भन्नेमा आफ्नो क्षमता अनुसार तयारीमा बसेका थियौँ । सजिलोको लागि ए, बी, सी, गरेर योजना बनाएका थियौँ ।

पहिलो अफिसमा थोरै जना बसेर सकेको समाचार उत्पादन गर्ने, दोस्रो, पुराना फुटेज प्रयोग गरेर फोनबाट जानकारी लिँदै जनचेतना मूलक समाग्री सहितका समाचार उत्पादन गर्ने र तेस्रो राज्यले तोकेको मापदण्ड अनुसार फिल्ड र अफिसमा बसेर काम गर्ने योजना बनाउँदै थियौँ, देशमा कोरोनाका विरामी बढ्न थालेपछि तत्कालै सरकारले लकडाउन को घोषणा गर्यो ।

केही समय काम गर्न अन्योलनै भयो । त्यैपनि हामी हाम्रो योजना अनुसार कामलाई अगाडि बढाउन, प्लान ए प्रयोग गरी एक महिनासम्म अफिसबाटै आफै समाचार उत्पादन गर्यौँ ।

सरकारले लकडाउनको घोषणा त गर्यो तर स्पष्ट हुने गरी कुनै नियम पनि बाहिर ल्याएन । त्यसपछि हामीले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर भिडभाडका समाचारहरु कभर नगर्ने गरी हुनसक्ने सबैकामलाई अगाडि बढायौँ । बनाएको ए, बी र सी योजना अनुसार टीमलाई समाचार उत्पादमा केन्द्रित गर्यौँ । अहिले भने हाम्रो टिम प्लान सी, अनुसार काम गरिहेको छ । सबै साथीहरु फिल्डमा जान थाल्नु भएको छ । कोरोनाको शंक्का लागेमा परिक्षण गराउने र राज्यले तोकेको मापदण्डलाई पालना गर्दै काम गरेका छौँ,अहिलेसम्म हाम्रो टिमका साथीहरुमा कोरोना पोजेटिप देखा परेको छैन ।

अहिले पनि हामीले ठूलो समुहमा हुने कार्यक्रम र कोरोना हस्पिटलमा पुगेर रिपोर्टिङ गरेका छैनौँ, किन भने हामीले को संक्रमित हो, को होइन, भन्ने चिन्दैनौँ ।

फिल्डमा खट्ने पत्रकारहरुले यस्तो बेला के कस्ता खालका समस्या र चुनौतिको समाना गर्नुपर्ने रहेछ ?

सबैभन्दा ठूलो चुनौती भनेको, अन्य सञ्चारमाध्यममा काम गर्ने पत्रकारसाथीहरुसँग कसरी सामाजिक दुरी कायम गर्ने भन्ने नै रह्यो । फिल्डमा हामी आफै जति जोगिन खोज्दा पनि, अन्य पत्रकार र संञ्चारकर्मी मित्रहरुले साबधानी नपनाउँदा सधै जोखिममा भयौँ । एक किसिमको डर रहिर्यो । हामीले समाजिक दुरी र स्वास्थ्य सम्बन्धी राज्यले तोकेको सावधानी अपनाउँदा पनि अन्यमित्रहरुमा त्यो देखिएन,जसले गर्दा अहिलेसम्म पनि यो च्यालेन्ज भोग्नु परेको छ ।

अर्को, आर्थिक समस्या पनि रह्यो । जेनतेन चल्दै आएको छ ।

पत्रकार महासंघले फिल्डमा खट्ने पत्रकारहरुको कोभिडको परिक्षण निशुल्क गरेको थियो, त्यो सेवा तपाईहरुले पनि लिनुभयो कि ?

छैन, छैन !

महासंघले कता कता के के गर्यो रे भन्ने सुन्यौं । तर, फिल्डमा खट्ने हाम्रो पत्रकार साथीहरुसम्म त्यो अवसर आईपुगेन । भनौँ, त्यो सौभाग्य प्राप्त भएन ।

यस्तो अवस्थामा श्रमजीवि पत्रकारहरुलाई जागिरबाट निकालिएको छ्, केही आन्दोलनमा छन् नि ?

मिडियाहरुले आपतकालीन सेवाका लागि पूर्व तयारी र फिल्डमा खट्ने पत्रकारहरुका लागि सामान्य ज्ञानका कुरा सिकाउनु जरुरी छ । त्योसंगै आर्थिक ब्यावस्थापनको पाटोलाई सबैभन्दा बढी ध्यान दिन जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा सबै सञ्चार गृहहरुले आपतकालिन कोष खडा गर्नु पर्दछ । आ—आफ्नो सञ्चारमाध्यमा काम गर्ने श्रमजिविहरुको लागि आपतकालिन रुपमा खर्च गर्नुका लागि कोष खडा गरेको भएन, कोही पनि काम बाट निकालिनु पर्दैनथ्यो । यदि सञ्चारगृृहरुले यस्ता व्यवस्थाहरु नीतिगत रुपमा गरेको भए, टोपीले मुख छोपेर हिड्नुपर्ने अवस्था आउँदैनथ्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com