दिक्पालको दैनिकी : सडक कुकुरलाई खाना खुवाउनेदेखि फेशन र मोडलिङको भ्लगसम्म


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

दिक्पाल कार्कीले पशु चिकित्सा डाक्टर भएपनि उनले मोडलिङ पेशामा आवद्ध छन् । तर पशुपंक्षीप्रतिको उनको लगाव अहिले पनि उत्तिकै छ । त्यसैले उनी अहिले लकडाउनको समयमा पनि सडक कुकुरहरुलाई खाना खुवाउनमा व्यस्त छन् ।

अरुबेला पनि सडकमा रहेका घरपालुवा जनावारहरु देख्दा उनी भावुक हुन्थे । तर अरुबेला ती जनावरहरुले विभिन्न तरिकाले खानाखान पाउने भएपनि अहिले भने लकडाउनका कारण भोकभोकै रहेपछि दिक्पालले बेलाबेलामा सडकमा गएर उनीहरुलाई खाना खुवाउन थालेका हुन् । मान्छे भोकै भए त मागेर पनि खान सक्ला । तर दिक्वालले मान्छेको भाषा बोल्न नजान्ने यी जनावरको भाषा बुझ्ने प्रयास गरिरहेका हुन्छन् ।

फेशन एण्ड मोडलिङ भ्लग

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरु बेला म्युजिक भिडियोको छायांकन, विज्ञापन, फोटोसुट र विभिन्न कार्यक्रममा व्यस्त रहने दिक्पालले लकडाउनका बेलामा नयाँ भ्लग पनि सुरु गरेका छन् । उनी भन्छन् – ‘लकडाउन सुरु भएपछि धेरै समय आराम गरेरै बित्यो । निरन्तर काम भएको बेलामा एक्कासी छुट्टी भएजस्तो भयो । लकडाउन थपिदै गयो । त्यसपछि युट्यवमा मोडलिङ भ्लग सुरु गरेको छु ।’

उनले युट्युबमा डीकार्की फेशन एण्ड मोडलिङ भ्लग सुरु गरेका छन् । खासगरी मोडलिङका टिप्सहरु र घरमै बसेर कोरोना विरुद्ध कसरी आफूलाई सुरक्षित गर्ने भन्नेबारेमा उनले भिडियोहरु बनाएका छन् । कोरोनाबिरुद्ध सचेतना जगाउने सर्टमुभीहरु पनि बनाएका छन् ।

खानपान र स्वास्थ्य

घरमै बसिरहनुपरेकाले जिम जान नपाएको बताउँछन् उनी । तर पनि घरमै बेलाबेलामा व्यायाम गर्छन् उनी । जिम जान सम्भव नभएकाले अहिले खानपानमा बढी ध्यान दिएको बताउँछन् उनी ।

उनी भन्छन् – ‘कपाल र अनुहारलाई हेरचाह गर्ने मौका पाएको छु । कपाल र अनुहारमा प्राकृतिक रुपमा हेरचाह गर्ने मौका पाईएको छु । हरेक दिन तोरीको तेल कपालमा लगाउँछु । पहिला जस्तो दैनिक रुटिन केही छैन ।’

आमा बुबालाई मिस गर्दै

उनी अहिले काठमाडौमा एकजना भाईसँग बसिरहेका छन् । तर यो बेलामा उनलाई बुबाआमाको मिस भइरहेको छ ।

भन्छन् – ‘आमा बुबासँगै भएको भए हुन्थ्यो भन्ने भएको छ । सबैभन्दा महत्वपूर्ण परिवार नै रहेछ । अघिपछि त साथीहरु भेट हुन्थे, अहिले त्यो पनि छैन ।’

कोरोनाको पाठ

दिक्पाल भन्छन् – ‘एउटा भाइरसले सबैलाई बन्दी बनाउने रहेछ । हामी संसार नै जितिन्छ जस्तो दौडधुपमा थियौं । सत्यता अहिले हाम्रो अगाडि छ । जिवनमा केकैन पाउनको लागि दौडेको जस्तो लाग्दथ्यो, त्यो केही पनि रहेनछ भन्ने अनुभूत गराएको छ । जीवन भनेको आफैसँग खुशी हुनु रहेछ । भागदौडमा सामिल हुनुभन्दा पनि सानो सानो कुरा र आफ्नो परिवारसँग खुशी हुनुपर्दोरहेछ ।’

खान मन लागेको कुरा खान नपाउनेमात्र होइन, आफ्न्तहरु विरामी हुँदा हस्पिटल जान नपाउने अवस्थाले दिक्पाललाई पिरोलेको छ । उनी भन्छन् – ‘आफन्तहरु बिरामी हुँदा पनि अस्पताल जान जोखिम छ । यो मलाई मात्र होइन, सबैलाई भैरहेको छ । मान्छे बितेको ठाउँमा समेत जान नपाउने अवस्था छ । आपत पर्दा एकअर्कालाई साथ दिन पनि गाह्रो छ । मेरा साथीहरु बिरामी छन् तर अस्पताल जान सकिन ।’

लकडाउन मात्र समस्या समाधान होइन

लकडाउन मात्र समस्याको समाधान भएको बताउँछन् दिक्पाल । आफू लकडाउनको विरोधी भने नभएको उनको भनाई छ । लकडाउनले गर्दा नै नेपालमा कोरोना फैलिनमा नियन्त्रण भएको बताउँछन् उनी ।

उनी भन्छन् – ‘लकडाउनको बेलामा अगाडिको दिनमा के गर्ने भन्नेबारे राज्यले तयारी गर्नुपर्नेमा त्यो देखिएन । भाइरसबिरुद्धको भ्याक्सीन आउन एकबर्षभन्दा बढी लाग्ने भएकाले कोरोनासँग जुध्न लकडाउन पछि लकडाउन हुन सक्दैन । बिस्तारै खोल्नुपर्छ । तर लकडाउन खोलेपछि के के गर्न सकिन्छ भन्ने तयारी, योजना राज्यसँग हुनुपर्छ । लकडाउन थपेर मात्र कहाँ हुन्छ ? यसरी त बाँच्नै सकिदैन ।’

लकडाउन खुले पनि पहिलाको जस्तो सामान्य अवस्थामा जान तत्कालै हतार नगर्न सुझाव दिन्छन् उनी । उनी भन्छन् -‘आफू पनि सुरक्षित बसौँ, अरुलाई पनि सुरक्षित गरौँ ।’

प्रस्तुती : अस्मीता खड्का

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com