कोरोनाका कारण बेलायतमा शुक्रबारसम्म १६ नेपालीको मृत्यु, न्युयोर्कमा ८


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक छन् ।

त्यसैगरी, दूतावासको जानकारीमा अहिलेसम्म बेलायतभरमा करिब १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेकाहरु ७ जना तथा संक्रमणको आशंकामा घरमै आइसोलेसनमा बसेकाहरु झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले बताए ।

दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।

बेलायतमा आपतविपत खेपेका नेपालीको सहयोगार्थ यहाँ पहल पनि भएको छ ।

नेपाली दूतावास, एनआरएनए यूके, मर्जिङ नेपसक्स, बन्टोक नेपाली समाज लगायत सामाजिक तथा जातीय संघसंस्थाले प्रकोपका कारण समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छन् ।

यसैबीच एकमहिनाको अन्तरालमा अमेरिकाको न्युयोर्कमामात्र ८ नेपालीको मृत्यु भएको छ । त्यस्तै पेन्सिलभेनियामा एकजना र मेरिल्याण्डमा एकजना नेपालीभाषाी भुटानीको पनि कोरोनाको संक्रमणका कारण मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com