न्युयोर्क सिटीमा कोरोनाबाट थप ३७७८ को मृत्यु घरमै भएको खुलासा


प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार

न्युयोर्क सिटीमा विगत केहीसातामा घरमै ३७ सय भन्दा बढीको मृत्यु भएको खुलासा भएको छ । अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३७ सय भन्दा बढी रहेको न्युयोर्क सिटीले जनाएको छ ।

यो संख्या सम्भावित कोरोना भाइरसको संक्रमणका कारण मार्च ११ यता घरमै ज्यान गुमाएकाहरुको संख्या हो । यस्तो निष्कर्ष बिरामीमा देखिएको लक्षणका आधारमा निकालिएको न्युयोर्कका मेयर बिल ब्लाजिओले जानकारी दिएका छन् ।

यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् । कुल मृतकको संख्या ३७७८ रहेको छ । ५७ जना बाहेक अरु सबै मृतकहरु ४५ बर्ष काटेकाहरु हुन् ।

सम्भावित कोरोना संक्रमण भनिएकाहरुको ल्याब परीक्षण नभएतापनि उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोभिड १९ वा त्यस्तै लक्षण उल्लेख गरिएको छ । अब न्युयोर्क सिटीमा कोरोना सम्बन्धित मृत्यु १० हजार नाघेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ । मंगलबार दिउसो सार्वजनिक गरिएको यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो ।

मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ । उनीहरुको कोरोना पोजेटिभ पनि देखिएको थिएन भने मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोरोनासँग मिल्दोजुल्दो कारण समेत उल्लेख छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com