कोरोनाका कारण काम गुमाएकाहरुले समयमै र यसरी आवेदन दिनुहोस् सुविधाका लागि


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

– विराज रिजाल

कोविड १९ फेडरल विलले प्रत्यक्षरुपमा रोजगार गुमाएका व्यक्तिहरुका लागि रोवोस्ट अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्सको  व्यवस्था गरेको छ । यो फेडरल विलले व्यवस्थागरेको सुविधाहो तर यसलाई व्यवस्थापन गर्नकालागि राज्यसरकार मार्फत हुनेछ । यो राज्यले प्रदानगर्ने अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्स भन्दा फरक किसिमको छ त्यसैले यसलाइ व्यवस्थापन गर्न राज्यसरकारले छिट्टै जानकारीगराइने भनिएको छ ।

अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्स फाइलगर्नकालागि २ फरक प्रकारका क्लेम फाइल कसरिगर्ने भन्ने बारेमा छोटो जानकारी यसमा समेटिएको छ ।

राज्यसरकारवाट दिने परम्परगत अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्स सुविधा 

यो सुविधा पेरोलमा कामगर्ने व्यक्तिकालागि मात्र उपलव्ध छ । न्यूयोर्कको हकमा यो सुविधा २६ हप्तासम्म रहेकोछ । तर फेडरलसरकारले अरुथप १३ हप्ता सम्मदिने भनिएको छ । यसो भएमा जम्मा ३९ हप्तासम्म पाउन सक्ने अवस्था देखिन्छ ।

यो अनइम्ल्वाइमेन्ट इन्स्योरेन्स फाइलगरेपछि अन्य कुनै काम पैसालिएर वा नलिएर जुनसुकै प्रकारको काम गरियो भने यो सुविधा पूर्ण वा आंशिकरुपमा नदिने सम्भावना हुन्छ । तर यसरि गरिएको काम कति दिन गरिएकोछ त्यसमा भर पर्ने हुन्छ । एकदिन बराबरको यसरिगएिको कामवाट प्रत्यकदिनको वेनिफिटवाट २५ प्रतिशतका दरले घटन जान्छ । यसरि हप्ताको चारदिन यस्तो कामगरेको अवस्थामा यो सुविधा पूर्णरुपमा वन्द हुन जान्छ । यो अति महत्वपूर्ण छ किनकी तपाईले डिर्पाटमेन्ट लेवरलाई सहि जानकारि समयमा दिनु भएन र पछि जानकारीमा आयो भने यहाले प्राप्तगरेको वेनिफिट फिर्ता गर्नुपर्नेपनि हुन्छ ।

कामको धेरै बोझ भएको कारण न्यूयोर्कलगायत अरु राज्यका डिर्पाटमेन्ट लेवरले आफ्नो थर अनुसार विभिन्न लास्टनेम भएका व्यक्तिले फरकदिनमा फारमभर्नहुन जानकारिगराएको छ । त्यसैले आफ्नो स्टेटको डिर्पाटमेन्ट लेवरको वेभसाइटमा गइ आफ्नो क्लेमको जानकारि गराउनु होला ।

साधरणतया कामवाट वाहिरिएको एकहप्ताभित्र डिर्पाटमेन्ट लेवरमा फर्म भरिसक्नु पर्ने छ । तर अहिले अतिधेरै निवेदनहरु भएको कारण केहि ढिलाभएपनि समयमा फाइलगरेको मान्न सक्छ । तर धेरै ढिलागरेर नवस्नुहुन जानकारि गराइन्छ ।

संघिय सरकावाट दिइने रोवोस्ट अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्स सुविधा 

यो विशेष प्रकारको अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्स सुविधा हो । यो सुविधा प्रकोप वेरोजगारी सहायताको माध्यमवाट संघिय सरकारले दिने गर्दछ । त्यसैले संघिय सरकारले यो महामारिमा विभिन्न किसिमका कामवाट जनताले दैनिक आय गुमाएको कारण घोषणा गरेको विशेष प्रकारको रोवोस्ट अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्स हो । यस व्यवस्थामा प्रत्येक प्राप्तकर्ताले प्रतिहप्ता ६०० डलर पाउने व्यवस्था गरेको छ । यो सुविधा स्वरोजगारदाता, इन्डिपेन्डेन्ट कन्ट्रयाक्टर र छोटो अवधिमात्र कामगर्नेहरुले पनि लिन पाउने व्यवस्था गरेको छ ।

जसले स्टेटवाट प्राप्तगर्ने अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्स सुविधा लिन शुरुगरिसक्नु भएको छ उहांहरुले यो सुविधाकालागि छुट्टै फर्म भर्नु पर्ने छैन् ।
अन्य योग्य व्यक्तिले आफुले वसोवास गरेको स्टेटको डिपार्टमेन्ट लेवर मार्फत आफ्नो फर्मभर्नु होला । यसरि फर्मभर्दा आफ्नो स्वरोजगारको यथार्थ विवरण दिनु होला । यो प्रकारको सुविधा विशेष प्रकारको भएको कारणले यसको वारेमा धेरै जानकारिहरु डिपार्टमेन्ट लेवरले पनि दिइसकेको अवस्था छैन् । त्यसैले आफ्नो सहि जानकारिसहित फर्म भर्नु भएमा केहि सोधपुछ गर्नु पर्ने भएमा डिपार्टमेन्ट लेवरले यहांलाइ सम्पर्क गर्ने छ ।

कामको धेरै बोझ भएको कारण न्यूयोर्कलगायत अरु राज्यका डिर्पाटमेन्ट लेवरले आफ्नो थर अनुसार विभिन्न लास्टनेम भएका व्यक्तिले फरकदिनमा फारमभर्नहुन जानकारिगराएको छ । त्यसैले डिपार्टमेन्ट लेवरको वेबसाईटमा गएर आफ्नो फाइलगर्ने दिनको जानकारि लिनु होला ।

न्यूयोर्क स्टेटको हकमा निम्न अनुसार व्यवस्था गरेको छ ।

 

(विराज रिजाल अमेरिकाका चर्चित नेपाली सीपीए हुनुहुन्छ ।)

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com