आजदेखि ८ देशका नागरिकलाई नेपालको अन अराइभल भिसामा रोक, स्थल नाकाहरु पनि बन्द


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

कोरोना संक्रमणसँग जुध्न आजदेखि नेपालले थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। अध्यागमन विभागले एक विज्ञप्ती जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई पनि अनअराइभल भिसा रोकिएको बताएको छ। यो निर्णय मार्च १० देखि अर्को निर्णय नहुन्जेल सम्मको लागि लागु हुने जनाइएको छ।

यस अघि आजदेखि नै लागु हुनेगरी चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसामा रोक लगाइएको थियो । आज त्यसमा अरु तीनदेशलाई थपिएको हो ।

ती देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्ने र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने अध्यागमन विभागको सुचनामा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती आठदेशका नागरिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पोर्ट अफ इन्ट्रीमात्र प्रयोग गर्न सुचित गरिएको छ । विमानस्थलको नाकामात्र आवागामनका लागि खुला रहने र सबै स्थल पोर्ट अफ इन्ट्रीहरु अर्को सुचना जारी नहुँदासम्मका लागि बन्द गरिएको वक्तब्यमा जनाइएको छ ।

पहिले नै नेपालको भिसा लिइसकेका आठदेशका नागरिकहरुलाई कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र लिएरमात्र नेपाल आउन भनिएको छ । स्वास्थ्यप्रमाणपत्र नेपाल आउनुभन्दा बढीमा ७ दिनअगाडि बनाइएको हुनुपर्ने जनाइएको छ ।

विदेशमा रहेका नेपाली नियोगहरुलाई पनि सोही अनुशार नै भिसा जारी गर्न निर्देशन दिइएको छ । नियोगहरुलाई परराष्ट्रमन्त्रालयमार्फत छुट्टै निर्देशिका समेत जारी गरिएको छ ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणको जोखिमका कारण अनिश्चितकालका लागि अन अराइभल भिसा स्थगित गर्ने निर्णय गरेको थियो । नेपालले विश्वका अधिकांश मुलुकका नागरिकलाई अन अराइभल भिसा दिदै आएको छ ।

विमानस्थलमा ९० दिनसम्मको अन अराइभल भिसा पाउने व्यवस्था रहदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com