अरुण तेस्रोमा ऋण लगानी सम्झौता हुँदै


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको एक खर्ब एक अर्ब ३३ करोडको लगानी जुटेको छ । भारतीय सतलज निगमले निर्माण गर्न लागेको निर्यातमूलक सो आयोजनाका लागि लगानी जुटेसँगै आगामी  बिहीबार काठमाडौंमा ऋण दिने बैकहरू तथा प्रवद्र्धक कम्पनीबीच ऋण लगानी सम्झौता हुन लागेको छ ।

आयोजनाका लागि भारतीय बैकहरूबाट ८५ अर्ब ९७ करोड र नेपाली बैकको १५ अर्ब ३६ करोड लगानी गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । आयोजनामा भारतीय सरकारी कम्पनी सतलजले भने ४३ अर्ब ४२ करोड लगानी गर्न लागेको छ । अरुण तेस्रोमा नेपालका नविल बैंक र एभरेष्ट बैंकले  लगानी गर्न लागेका छन्  भने भारतको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्नेछन् ।हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी हुन लागेको आयोजनाको कुल लागत १ खर्ब ४७ अर्बमध्ये भारतबाट मात्र १ अर्ब ३२ अर्ब लगानी हुनेछ ।

प्रर्वद्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले आयोजनाको निर्माण हुने सुरु गरिसकेको छ । आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमासम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य भने सुरु भैसकेको छ । सन् २००८ मा प्रतिष्पर्धाको आधारमा सरकारले लाइसेन्स दिएको आयोजनाको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।-कारोबार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com