अरुण तेस्रोमा ऋण लगानी सम्झौता हुँदै
प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको एक खर्ब एक अर्ब ३३ करोडको लगानी जुटेको छ । भारतीय सतलज निगमले निर्माण गर्न लागेको निर्यातमूलक सो आयोजनाका लागि लगानी जुटेसँगै आगामी बिहीबार काठमाडौंमा ऋण दिने बैकहरू तथा प्रवद्र्धक कम्पनीबीच ऋण लगानी सम्झौता हुन लागेको छ ।
आयोजनाका लागि भारतीय बैकहरूबाट ८५ अर्ब ९७ करोड र नेपाली बैकको १५ अर्ब ३६ करोड लगानी गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । आयोजनामा भारतीय सरकारी कम्पनी सतलजले भने ४३ अर्ब ४२ करोड लगानी गर्न लागेको छ । अरुण तेस्रोमा नेपालका नविल बैंक र एभरेष्ट बैंकले लगानी गर्न लागेका छन् भने भारतको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्नेछन् ।हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी हुन लागेको आयोजनाको कुल लागत १ खर्ब ४७ अर्बमध्ये भारतबाट मात्र १ अर्ब ३२ अर्ब लगानी हुनेछ ।
प्रर्वद्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले आयोजनाको निर्माण हुने सुरु गरिसकेको छ । आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमासम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य भने सुरु भैसकेको छ । सन् २००८ मा प्रतिष्पर्धाको आधारमा सरकारले लाइसेन्स दिएको आयोजनाको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।-कारोबार