प्रधानमन्त्री ओलीको ट्वीटर ह्याक, छानबिन हुँदै


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो ।

प्रधानमन्त्री ‌ओलीकाे ह्याण्डलबाट भएकाे रिट्वीट । अहिले याे रिट्वीट हटाइसकिएकाे छ ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरबाटै भने, ‘प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड दुरुपयोग भएको छ । उक्त विषयमा छानबिन भइरहेको छ ।’ प्रधानमन्त्री ओलीको ह्याण्डलबाट भएको रि–ट्वीट केही घण्टामै हटाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीका प्रेस थापाले प्रधानमन्त्री ओलीको ट्वीटरको पासवर्ड दुरुपयोग भएर यस्तो भएको हुन सक्ने भन्दै छानविन भइरहेको प्रतिकृया दिएका छन् ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेतृको भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रि–ट्वीट भएपछि सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com