सकियो तेह्रौँ साग, ५१ स्वर्णसहित नेपालको कीर्तिमानी प्रदर्शन, चौधौँ साग पाकिस्तानमा


प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार

नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

तेह्रौँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो । नेपालले आज बक्सिङ र पुरुष फुटबलमा स्वर्ण जितेको थियो । पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको थियो भने बक्सिङमा सनिल शाहीले स्वर्ण जितेका थिए । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रह्यो ।

नेपालले आठौँ साग जस्तै यसपटक तेक्वान्दो र करातेमा सफलता प्राप्त ग¥यो । तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौँ सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । तेह्रौँ सागका खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो ।

भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।

साग पदक तालिका :

देश स्वर्ण कास्य रजत जम्मा
भारत १७४ ९३ ४५ ३१२
नेपाल ५१ ६० ९५ २०६
श्रीलङ्का ४० ८३ १२८ २५१
पाकिस्तान ३१ ४१ ५९ १३१
बङ्गलादेश १९ ३२ ८७ १३८
माल्दिभ्स १ ० ४ ५
भूटान ० ७ १३ २०

साग १४औँ संस्करण पाकिस्तानले आयोजना गर्नेछ । चौधौँ साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानलाई आज झण्डा हस्तान्तरण गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद आरिफ हसनलाई १४औँ साग आयोजनाको झण्डा हस्तान्तरण गर्नुभएको थियो । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी संस्करणको साग आयोजना गर्ने जिम्मेवारी पाकिस्तानलाई दिने निर्णय गरेको थियो । पाकिस्तानले आगामी छ महिनाभित्र १४औँ सागको मिति तथा स्थान तय गर्ने जनाएको छ ।

साग खेलकूद सफल र ऐतिहासिक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको हो ।

“दक्षिण एशियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एशियाली खेलको अत्यन्तै ठूलो महत्व रहेको र यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु, भूकम्पबाट ध्वस्त भएका संरचनाहरु तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ”, प्रधानमन्त्रीले आफ्नो सन्देशमा भन्नुभएको छ । यस पटकको खेलमा पहिले कहिलेभन्दा बढी खेलाडीको सहभागिता, पहिलेभन्दा बढी खेलहरु समावेश भएको उल्लेख गर्दै उहाँले पहिलेभन्दा साग प्रतियोगिता सफल र ऐतिहासिक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदले दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुराको अपेक्षा गरिएकामा त्यो अपेक्षा यस पटकको तेह्रौँ दक्षिण एशियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको बताउनुभयो । उहाँले संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई ज्ञापन गर्दै धन्यवाद दिनुभएको छ ।

काठमाडौँ, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एशियाली खेलकूदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो भन्दै प्रधानमन्त्रीले यस सन्दर्भमा सफलताका लागि योगदान गर्नुहुने नेपाललगायत सबै सहभागी देशका सरकार, खेल क्षेत्र, खेलाडी र प्रशिक्षक सबैलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले भव्य रुपमा सफल भएको यस दक्षिण एशियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्नुहुनेछ भन्ने अपेक्षासमेत गर्नुभएको छ । आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्र भागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरुले खेलमा गरेका छन् त्यसप्रति हार्दिक धन्यवाद दिँदै उहाँले जुन सफलता प्राप्त भएको छ । सफलता प्राप्त गर्ने सबै खेलाडीलाई बधाई दिनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com