प्रधानमन्त्रीलाई पत्रकारको पत्र : ‘आफैप्रति अन्याय गर्दै स्वास्थ्यमा देखिने पीडा लुकाउने चेष्टा नगर्नुस्’


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

–  शुभशंकर कंडेल

 

सम्माननीय प्रधानमन्त्रीज्यू ,

तपाईं यतिबेला सामान्यतया नसोचिएको विरामीपनका कारण अस्पतालको शैयामा भएको अवस्थाले म मर्माहत भएको छु । सर्वप्रथम यथाशिघ्र तपाईंको पूर्ण स्वास्थ्यलाभसहित यथाशिघ्र राजपाटको नियमिततामा फर्कनका लागि कामना गर्दछु । यी शव्द केवल औपचारिकता नभएर भावनात्मक सम्वन्धको रसी जोडिएका कारणले पत्रकारिताको व्यवसायिकताभन्दा बाहिरबाट म तपाईलाई पत्र लेखिरहेको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म शुरुमै भन्न चाहन्छु, तपाईंले मसँग धेरै अन्तरङ्ग प्रसङ्गहरु बताउनुभएको छ । मेरो पुस्तक अवतरणको विमोचन र त्यसको दोस्रो तथा अङ्गे्रजी संस्करणका सन्दर्भमा व्यक्त भावनाले नै हाम्रो सम्वन्ध र सामीप्यताका सन्दर्भमा कुनै फूलबुट्टाको केही जरुरी छैन । त्यही सन्दर्भमा मैले तपाईं सबैभन्दा बढी आफैंप्रति लापर्वाह भएको पाएको छु ।

त्यसमाथि तपाईंको बेलामौकामा आउने मुख्याईंलाई आफ्नै स्वास्थ्य अवस्थाप्रति झोक्ने तपाईंलाई एकरत्ति पनि अधिकार छैन । किन कि तपाईं देशको केवल प्रधानमन्त्री मात्र होइन । जसरी नेपाल एकीकरण गरेको सन्दर्भमा पृथ्वीनारायण शाहका बंशजले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन‘ भन्दै आए ।

ठिक त्यसैगरी अहिले तपाई बलियो बहुमतसहितको कार्यकारी प्रमुख र दुई किनाराका मानिएका दललाई तपाईं लगायत प्रचण्डको सानो दुःखले कायम गरेको स्थिति पक्कै पनि होइन । त्यसको तपाईं सवैभन्दा अग्लो स्थानमा उभिएको तिखो मानिस पनि हो ।

२०७२ सालको संविधान निर्माण, त्यसपछि बनेको तपाईंको नेतृत्वको सरकार र त्यसको असफलता तथा पछिल्लो पटक ०७४ मा अकल्पनीय रुपमा दुनियालाई चकित तुल्याउने र नेपालीलाई खुशीमा पुल्क्याउने काम तपाईं र प्रचण्डको विचित्रको निर्णय क्षमता र अद्भूत मेहनतको प्रतिफल हो ।

त्यसको जगदेखि शिरसम्मको नेतृत्व गर्ने अवसर इतिहासले तपार्ईलाई सुम्पेको छ । बेला मौका तापईं हामीले त्यतिबेला गर्ने अनुमान र आशङ्काको पहाड र अहिले तपाईं सवार राज्य नामक डुङ्गाको खतरा उत्तिकै डरलाग्दो छ । यसको मतलव त्यहाँ आशा र उत्साहको संकेत छैन भन्ने होइन ।

त्यसमाथि राजनीतिक स्थिरतालाई केन्द्रीय विषय बनाएर चुनाव लडिसकेपछि पार्टी एकताका सन्दर्भमा जस्तासुकै सहमति भएपनि तपाईंको स्वास्थ्यले साथ दिएसम्म तपाईं नै प्रधानमन्त्री हुनुपर्दछ र हुनुहुन्छ भनेर मैले तपाईंलाई धेरै पटक ढुक्कसँग भन्दै आएको थिएँ । सौभाग्यवस पछिल्लो पटक तपाईं अस्पताल जानु पहिले नेकपाको सचिवालयबाटै त्यसको औपचारिक निर्णय हुनु अर्को सुखद परिघटना हो ।

तर त्यसलाई तार्किक निश्कर्षमा पु¥याउनका लागि तपाईं जसरी पनि स्वस्थ हुनै पर्दछ । विगतको जस्तै उत्साह र इच्छाशक्तिका साथ सरकार र नेकपाको डुङ्गालाई व्यवहारिक रुपमा नै अवतरण गराउनका लागि तपाईं र प्रचण्डको क्याप्टेनसिपको कुनै विकल्प छैन । तसर्थ तपाईंको राज्यसञ्चालन र समृद्धिको हुट्हुटीले चिकित्सक र चिकित्सकीय सुझावमाथि ठट्टा गर्ने अधिकार तपाईंलाई पटक्कै छैन भन्दा अन्यथा नमान्नु होला ।

प्रधानमन्त्रीज्यू, तपाईं स्वस्थ हुँदा मात्र इतिहासले सुम्पेको जिम्मेवारी तपाईंहरुले सहजै पूरा गर्न सक्नु हुनेछ । त्यसका लागि जति मैले तपाईंलाई जान्दछु, त्यसका आधारमा भन्दा कृपया आफ्नै स्वास्थ्यप्रति बेसरोकार बन्ने र अन्य पीडाजस्तै तपाईंको स्वास्थ्यमा देखिने पीडा लुकाउने चेष्टा गर्दै नगर्नुस् । त्यसो गर्दा केहीसमय बढी वा केही दिन अस्पताल बस्नु पर्दा केही आपत्ति आइलाग्नेवाला छैन ।

तर तपाईं पटक पटक तपाईंकै लापरवाहीका कारण अस्वस्थ भइरहने अवस्थालाई तपाईं स्वयंले बाहेक कसैले पनि नियन्त्रण गर्न सक्दैन । मलाई थाह छैन, अहिले तपाईंले यो टिप्पणी पढ्न सम्भव नभएपनि तपाईंका सहयोगीहरुले अवश्य पढ्लान र ति साथीहरुले तपाईं र राधिका अन्टीलाई पक्कै पनि रिर्पोटिङ गरिदिए हुन्थ्यो भन्ने मेरो आग्रह छ । विशेषगरी राजेशजीले यस कुरालाई मनन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।

इतिहास व्यक्तिले बनाउँछ कि आम जनताले भन्ने विषयमा लामा लामा बहस गर्न सकिन्छ । तपाईं हामी इतिहासको निर्माणको निर्णायक शक्ति जनतालाई मान्दछौं । यद्यपि जनताले पनि इतिहास बनाउन वारेस दिएका हुन्छन् आफ्नो मतमार्फत । यसअर्थमा तपाईं नेपाली इतिहासको पुरानो सुईलाई बदल्ने आम नेपालीको वारेसप्राप्त व्यक्ति भएका हुनाले तपाई स्वस्थ हुनुको कुनै विकल्प छैन ।

यसको अर्थ तपाईंले आफ्नै जीवनकालतिर फर्केर हेर्नुभयो भने करिब करिब एक नेताले गर्न सक्ने सबै काम पूरा गरिसक्नु भएको छ । त्यो रेकर्डका हिसाबले भन्दा पनि परिणामका रुपमा नै । त्यसमा अव चिन्ता गरिरहनु पर्ने कुनै आवश्यकता छैन । तर आन्दोलनका प्रति तपाईं गर्न अझ धेरै बाँकी छ ।

तपाईं विरामी भएको यो पहिलो पटक होइन । विगत ४३ वर्षदेखि लगातार तपाईंभित्रकै रोग र देशको राजनीतिक रोगका विरुद्ध लगातार लड्दै आउनु भएको छ । त्यससन्दर्भमा ताली र गालीको पनि तपाईंले गज्जबकै रेकर्ड बनाउनु भएको छ । तपाईंकै हाँस्यरसजसरी नै । त्यो बेग्लै पाटो हो ।

तर कलाइमेक्समा तपाईं र प्रचण्डले नेपालको विभाजित भएर आजित भएको कम्युनिस्ट आन्दोलनलाई जसरी एकीकृत गर्दै दुनियाको बहाव अर्कैतिर बहेको डङ्का पिटिरेहेका बेला तपाईं दुई जनाले नेपाली पुरानो राजनीति दपर्णको तस्बीर नै बदल्नुभयो । सम्भवत तपाईं र प्रचण्डको नेपालका लागि सबैभन्दा ठूलो देन त्यही हो भन्नु अन्यथा हुने छैन ।

तर इतिहासको समीक्षा नभएर तपाईं वर्तमानलाई हाँकिरहने अवस्थामा रहेकाले आफ्नो स्वास्थ्यप्रति इमान्दार बन्नु पर्दछ भन्ने मेरो विशेष आग्रह छ। तपाईंको स्वास्थ्य तपाईंले राम्ररी पढ्न नसकेपनि महसुस सहजै गर्न सक्नुहुन्छ । त्यो महसुस भएको अवस्थालाई विश्लेषण गर्ने चिकित्सकीय प्रणालीलाई हाँसीमजाक गरिदिनु भएन भनेमात्र तपाई ०६२ पहिलेजस्तै तन्दुरुस्त हुने सम्भावना रहन्छ भन्ने मेरो आशा छ ।

मैले देशको कार्यकारी प्रमुख र बालकोटदेखि बालुवाटारसम्मको यात्रा र सम्वादका सन्दर्भभा भएका कुराकानीका आधारमा मात्र गम्भीर आरोपित गर्ने धृष्टता गरेको छैन । ‘सामान्य दुखले आज्र्यको‘ वर्तमान नेपालको अवस्था नभएका कारण तपाई स्वस्थ हुनै पर्दछ । स्वस्थको अर्थ दैनिक देशका सबै जिल्लाहरुको दौडाहा गरिरहनु पर्दछ भन्ने पक्कै पनि होइन ।

नीतिगत रुपमा आरामदायी कुर्सीमा बसेर नै तपाईंले नेतृत्व गर्ने विरलै प्राप्त हुने उर्वर अवस्था देश र पार्टीमा तयार छ यतिबेला । पार्टी राजनीतिका अनेकखाले उतारचढाव र अरोपप्रत्यारोपलाई सहजै पचाउँदै देश नै जुरुक्कै उचाल्ने अर्को क्याप्टेन समेत तपाईंसँगै हुनुहुन्छ । त्यसो हुने वित्तिकै हालै सचिवालयबाट निर्णय गरिएको तर तपाईं र मैले अर्जुनदृष्टि बनाएको घोषणाले राजनीतिक घुरमैलो अवस्था समाप्त भएको छ । यस गुरुत्तर दायित्वका लागि पनि तपाईं स्वस्थ हुँदा मात्र सार्थक हुनेछ ।

नेपालकै एउटा उदाहरणबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । २०६३ मङ्सिर ५ गते अहिलेको संसद भवन रहेको तत्कालीन सम्मेलन केन्द्रमा प्रचण्डसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने समारोह नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सबैभन्दा ठूलो र सार्वजनिक कार्यक्रम थियो । अझ यतिसम्म कि प्रचण्ड सार्वजनिक भएको दिनमा कोइरालाले ओछ्यानमै पल्टेर प्रचण्डसँग झण्डै ६ घण्टा लामो छलफल गरेपछि गरिएको ८ बुँदे समझदारी सार्वजनिक समारोहमा समेत कोइराला तल झर्नु भएन ।

तर उहाँ त्यसपछि ०६६ सम्म बेडमा रहेरै पनि मानसिक रुपमा स्वस्थ भएका कारण देशलाई नेतृत्व गर्नुभयो । यद्यपि काँग्रेसभित्र अनेक उतारचढाव आए । तर राजनीतिक मूल मियो आधारभूत रुपले खलबलिन पाएन । जब कोइरालाको निधन भयो । त्यसपछि देशकै राजनीतिक अवस्था र नेपाली कांग्रेस कुन तहसम्म ओरालो लाग्यो भन्ने नेकपाका नेताहरुले र विशेषगरी प्रधानमन्त्रीज्यूले स्मरण गर्नु बढी सान्दर्भिक होला कि ?

अघिल्लो पटक ग्रान्डी अस्पतालमा तपाईंको मृगौलाको डायोलोसिस गरेर बेडमा झर्ने बेलामा तपाईलाई मैले विरामी भएको सबैभन्दा नजिकबाट हेरेपछि मेरो मनमा अनेक तर्कनको लहर जारी छ ।

तर ती लहरभित्र तपाईंकै रहर र उद्धेश्यलाई परिपूर्ति गर्ने कुराको जालो सबैभन्दा बढी तैरिएको पाउँछु । यस्तो चाहना सम्भवत म जस्तो गैरपार्टी सदस्यलाई त छ भने तपाई र नेकपा भनेर देशभर अहोरात्र छटपटाएका कार्यकर्ता र समर्थकहरुलाई कति होला सहजै अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्रीज्यू, तपाईंको राजपाटको प्रमुख समस्या पछिल्लो पटक हामीले बालुवाटारमा बसेर जे छलफल गरेका थियौं । त्यहीं नै छ । त्यसभन्दा दायाँ वायाँ समस्या होला कि भनेर सोच्नु केही जरुरी छैन ।

त्यो अवस्थामा आज पनि तात्विक अन्तर नआउनु भने आफैमा निकै ठूलो विडम्वना हो । चिनिया क्रान्ति र व्यवस्थाका सन्दर्भमा क. माओ र पछि क. देङस्याओपिङले भनेजस्तै आफैंप्रति र त्यही पेरिफेरिमा निर्मम बन्न जति हिम्मत गर्न सकिन्छ, त्यही आयतनमा सुशासन, व्यवस्थाको दीर्घजीवन र प्रणाली स्थापित हुने कुरा तपाई स्वस्थ भएपछि सोचिरहनु पर्ने विषय हो ।

अन्तमा फेरि पनि हाँस्यरसका नायक तथा प्रिय प्रधानमन्त्री छिटो स्वस्थ हुनुहोस् ।

उही तपाईंको शुभेच्छुक

लेखक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com