KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

स्वर्गद्वारीआश्रमः आध्यात्मिक चिन्तन र प्रकृतिको अनुपम स्थान

प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

गलेश्वर, २१ कात्तिक (रासस) ः म्याग्दीको प्रमुख पर्यटकीयस्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केमा रहेको प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा रहेको छ ।
मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रम आध्यात्मिक चिन्तनका लागि उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास रहेको छ ।
प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशाला लगायतका केही संरचना निर्माण गर्नुभएको र अहिलेसम्म पनि ती संरचना रहेका स्वर्गद्वारी आश्रम शिव मन्दिरका पूजारी शिवप्रसाद पन्थीले बताउनुभयो ।

पूजारी पन्थीका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सातदिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमद्भागवत् सप्ताह पाठ गर्नुभएको थियो । त्यसैगरी जन्मेको छैठौं दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसै बेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भनिन थालिएको पूजारी पन्थीले बताउनुभयो ।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्धारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभुपछि यहाँ अन्य धेरै ऋषि महात्माहरुले तपस्या गरेका थिए ।

१८ रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । पहाडको टुप्पोमा घना जङ्गलको बिचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथिलगायतका हिमाल, दुई दर्जनबढी गाउँहरु देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकका पहुँच भएकोले यातायातका साधनबाट पनि जान सकिन्छ ।

यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ (काठका चप्पल), शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालैमात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ । यहाँ एउटा धर्मशाला रहेको छ भने सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाईको दूधले अभिषेक हुने गर्दछ । पूजारीलाई तलब प्यूठानको स्वर्गद्धारी आश्रमले नै दिने गरेको छ ।
अत्यन्त मनमोहक र आत्मशुद्धिका लागि उपयुक्त स्थान हुँदाहुँदै पनि यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले कुनै ठोस् योजना बनाउन नसक्दा यहाँको सम्पदा ओझेलमा परेको स्थानीय शालिग्राम रिजालले बताउनुभयो ।
व्यापक रुपमा प्रचारप्रसार गरी यस क्षेत्रको महत्व बुझाउन सक्ने हो भने यो क्षेत्र आध्यात्मिक खोज अनुसन्धानका लागि महत्वपूर्ण क्षेत्र हुने उहाँको भनाइ छ । यो क्षेत्रको संरक्षणका लागि घेरावार लगाउन र मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको अभाव रहेको बताइएको छ ।
–––

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com