लालुपाते फूल्यो बनैमा….


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

अहिले नेपालका बनजंगलमा लालुपाते फूल फूलेको देख्न सकिन्छ । यो फूल जंगलमा मात्र नभर घरको नजिकमा समेत लगाउने चलन सुरु भएको छ । यो फूलको सौन्दर्यले बनजंगलहरु राताम्मे भएको दृश्य साँच्चीकै हेर्न लायक हुन्छ ।

खसोखासका लागि रवि थापाले खिचेका केही तस्वीर ।

 

लालुपाते फूल एक प्रकारको फूल फुल्ने वनस्पति हो। लालुपाते फूल पश्चिमी देशहरुको संस्कृतिमा र ब्यवशायको दृष्टिकोणले एउटा महत्वपूर्ण बनस्पति हो । यो झाडि वा सानो रुखको आकार भएको मेक्सिको र मध्य अमेरिकी माहाद्विपमा ब्यापक रुपमा पाइने बनस्पति हो ।  नेपालमा पनि काठमाण्डौं उपत्यका र वरिपरिको पाहाडि इलाकामा जता ततै देखिन्छन् ।

लालुपातेका वास्तविक फूल साना साना सामान्य किसिम का हुन्छन् तर वास्तविक फूलहरुलाई घेरेर राखेका फूल जस्ता देखिने प्रयापत्र हरुले यसलाई फूलको गौरव दिएका हुन्छन् ।

यो फूल अमेरिकामा भित्राउने काम मेक्सिकोकोलागि पहिलो मेक्सिकोकोलागि अमेरिकी राजदूतेले सन् १८२५ गरेका थिए । यो फूलका १०० भन्दा बडि खेति गरिने प्रजाति हरु छन् ।

यो फूल पश्चिमी देशहरुमा, विशेष गरि अमेरिकामा क्रिसमस फूलको रुपमा प्रयोग गर्ने गरिएकोले यसको ठूलो कारोवार हुने गरेको छ ।

प्राकृतिक रुपमा पाईने क्षेत्रहरु बाहेक लालुपातेको खेति घर वा छाप्रा भित्र गरिन्छ जहाँ विहानीको राम्रो घाम र दिउँसो गर्मीको बेला छहारी भएको वातावरण उपलब्छ हुन्छ । यदि राम्रो सँग ध्यान दिने हो भने लालुपाते किनेर ल्याएको गमलाको फूल मरे पछि पनि फेरि फूल फूलाउन सकिन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com