आहा ! भैरहवा !


प्रकाशित मिति : असार १२, २०७८ शनिबार

अहिलेको सिद्धार्थनगर भैरहवा शहर ९० वर्ष अघिसम्म सामान्य गाउँ थियो । राणाकालिन समय विक्रम संबत २००० अघि सम्म बेथरी बजार वा तौलिहवामा सदरमुकाम थियो । तर वि सं २०२० पछि एकाएक भैरहवाले विकासमा फडको मार्न सुरु गर्यो । कारण पोखरा सुनौली सड़क भैरहवा भएर जोडियो । भारतको मुख्य शहर गोरखपुरसँग यसको सडक सम्पर्क र १४ किलोमिटर नजिकको नौतनवा बजारसँग रेलले पनि नजीक पुरयायो ।

हाल भैरहवा सिद्धार्थनगर नगरपालिका १३ वडामा विभाजित एउटा आधुनिक शहरमा रुपान्तरण भै सकेको छ । ६ लेनका चिल्ला सड़कमात्र होइन, भित्री सडक पनि निकै राम्रा भएका छन् । लुम्बिनीको प्रवेशद्वार भएकाले वर्षेनी लाखौ पर्यटक यस शहर भएर लुम्बिनी पुग्ने गर्छन् । शहरमा ५ तारे देखि चार, तीनतारे सवै प्रकारका होटल र क्यासिनो समेत खुलेका छन् ।

शहर सफ़ा र सुन्दर छ । विगतमा जस्तो धुलो र हिलो छैन ।

अहिलेको भैरहवा भिडियोमा हेर्नुहोस् । भिडियो चेतन पन्तले मोबाइलबाट खिच्नुभएको हो । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भैरहवाबाट बुटवलसम्म ६ लेन, अंतरराष्ट्रीय विमान स्थल सम्म ६ लेन र लुम्बिनी सम्म ४ लेनका सड़क छन् । हाल सिद्धार्थनगर नगरपालिकाले भैरहवाको उत्तर सिमानाबाट दक्षिण तर्फ आउने बर्षाको पानीलाई भैरहवामा पस्न नदिई पूर्वतर्फ डन्डा खोला र पश्चिमतर्फ घाघरा खोलामा पठाउने गरी डिजाइन र सोही अनुसार निर्माण गरिएको छ । जसले गर्दा भैरहवालाई डुबानबाट बच्न मद्दत पुगेको छ ।

सडक निर्माणगर्दा सडकको दुबै तर्फ नाला, फुट पाथ, खानेपानीको लाइन, हरियाली राख्ने गरि डिजाइन गरिएको र सोही अनुसार निर्माण गरिएको छ । कुनै युटिलिटी राख्न समेत सडकको दुबै तर्फबाट स्थान छोडिएको छ ।

सडक बलियो होस भनी माटोको अवस्था अनुसार कतै कालोपत्र र कतै ढलाई दुइ प्रकारको बनाइएको छ । प्राइमरी नाला ५० किमि बनाइएको छ जस्ले गर्दा डुबान न्यूनीकरण भएको छ ।

खानेपानी को लाइन सडकको दुबैतर्फ राख्नाले पाइप लाइन मर्मत गर्दा पर्दा पनि सडक खन्न परेको छैन । जथाभावी सडक खन्न नपर्दा सडक काटिने समस्या हल भएको छ ।

बिरुवा रोप्न सकिने ठाउमा सिधै रोप्ने र नसकिने ठाउमा पाइपको गमला बनाइ रोप्ने ब्यबस्था मिलाइएको छ । करिब २ हजार बोट हुर्केर सडकक्षेत्र हरियाली बन्दै गएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com