आचारसंहिता पूर्णरुपमा पालना गर्न जिप्रकाको निर्देशन


प्रकाशित मिति : फाल्गुन २३, २०७३ सोमबार

रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.)लाई निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता सम्वन्धि निर्देशन’ पूर्णरुपमा पालना गर्न जिल्ला प्रशासन कार्यलयले दिर्नेशन दिएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित स्ववियु चुनाव गर्न लागेको भन्दै आर.आर. क्याम्पसलाई आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले आइतवार नै पत्र पठाएको थियो । विहान ८ बजेदेखि स्ववियु चुनाव हुने कार्यतालिका भएतापनि अहिलेसम्म मतदान प्रकृया अगाडी बडेको छैन ।

आर.आर. क्याम्पसमा अप्रिय घटना नघटोस् भनेर व्यापक मात्रामा जनपथ प्रहरी र सशस्त्र प्रहरी वल परिचालन गरिएको छ । क्याम्पसमा प्राध्यापक, कर्मचारी, विद्यार्थी कसैलाई पनि प्रहरीले भित्र छिर्न दिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com