नारायणी किनारामा छठ (२० रोचक तस्वीर)


प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार

आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । नारायणी किनारामा पुगेका दीपेन्द्र ढुंगानाले खसोखासका लागि खिचेका रोचक तस्वीर । 

 

व्रतालुहरूले नदि किनारा, ताल र पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका हुन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा रहेको छ ।

यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ ।

शरद् ऋतुको कात्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैत महीनाको षष्ठीका दिन मनाइन्छ ।

सङ्ख्यात्मक दृष्टिले चैते छठपर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेको छ ।

षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ ।

सम्भाव्य कुप्रभावबाट रक्षा गर्ने सन्दर्भमा षष्ठी तिथिले रक्षाको सामथ्र्यका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ ।

छठको विधि विधानले शरीर र मनलाई सौर्यऊर्जा अवशोषणका लागि तयार गर्दछ ।

छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए ।

सूर्यको उपासनाले पाचनतन्त्रका लागि लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको पनि बताइन्छ ।

सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ ।

सूर्यलाई एउटा अभिष्ट देवताका रूपमा वैदिककालदेखि नै पूजिएको छ । वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ ।

वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ ।

छठपर्वमा सूर्यलाई ‘छठिमाइ’ को रूपमा पूजा गर्ने चलन छ, जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ ।

यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुनसक्ने विश्वास पाइन्छ ।

छठपर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।

त्यस्तै यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरइले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थापन गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com