अमेरिकामा इन्क म्यागाजिनको विश्वका १० व्यवसायीको सफलताको कथामा समिर महर्जन


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

वित्तिय संस्था सिंक्रोनीसँगको सहकार्यमा चर्चित विजनेश म्यागाजिन इन्कले अमेरिकामा विश्वका १० व्यवसायीको कथामा अमेरिकामा रहेका नेपाली व्यवसायी समिर महर्जनको सफलताको कथालाई समेटेको छ । आफ्नो समुदायमा जे सम्भव छ त्यसको परिवर्तनका लागि लागि परेका विश्वका १० जनाको सुचीमा अमेरिकामा सफल नेपाल मुलका व्यवसायी समिर महर्जन परेका हुन् ।

सन् १९७९ देखि प्रकाशित हुँदै आएको इन्क अमेरिकाको चर्चित विजनेश म्यागाजिन हो । यो म्यागाजिनका हरेक इस्युहरु झण्डै ७ लाख प्रतिभन्दा धेरै बिक्रि हुँदै आएका छन् । १० जना व्यवसायीहरुको सुचीमा न्युयोर्क देखि क्यालिफोर्नियासम्मका व्यवसायीहरु समेटिएका छन् । साना व्यवसायमा सफलता प्राप्त गरेका र समुदायको परिवर्तनको लागि लागि परेकाहरुलाई यो सुचीमा समावेश गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा व्यवसायीक यात्रा सुरु गरेर अमेरिकाको न्युयोर्कहुँदै अमेरिकाभर आफ्नो ब्यावापार विस्तार गरेका समिर महर्जनको जीवनकथा सिंक्रोनी पिलर परियोजना अन्तरगत १० जनामा समेटिएको हो । उनले भनेका छन् – ‘समुदाय मेरा लागि एउटा शब्दमात्र होइन, यो मेरालागि सबथोक हो । मलाई खुशी लाग्छ कि म मेरो समुदायलाई नैतिक रुपमा, आर्थिक रुपमा र जुन रुपमा सम्भव हुन्छ त्यसरी सेवा गर्न सक्छु ।’

इन्क म्यागाजिनमा समिरको सफलताको कथा पढ्न यहाँ क्लिक गर्नुहोला ।

को हुन् समिर महर्जन ?

पाइलट बन्ने इच्छा थियो, न्युयोर्कका व्यापारी तथा समाजसेवी समिर महर्जनको । तर पुख्र्यौली पेशा ब्यापारमा नै लागेर एउटा सफल हिरा ब्यापारी बन्न सफल भए उनी । बाबुआमाको इच्छा पनि समिरलाई पाइलट बनाउने नै थिए । उनी पाइलट पढ्न गएका पनि थिए तर पाइलट नबनेर उनी ब्यापारमा जमे ।

सन् १९७७ मा ललितपुरको पाटनमा जन्मेका समिरलाई न्युयोर्कका सफल व्यवसायीको सुचीमा दरिन लामो संघर्ष गर्नुपरेको थियो । उनले न्युयोर्क आइसकेपछि अमेरिकनको माझमा सुरुमा म्यानहटनमा हिराको स्टोर खोले । तर उनले घाटा भने बेहोर्नुपरेन । उनी भन्छन् –“मलाई भाग्यले पनि साथ दियो । ”

बुबा बाबुकाजी महर्जन र आमा अष्टमाया महर्जनका कान्छा छोरा समिर मध्यम वर्गाको परिवारमा जन्मिएका थिए । परिवारमा प्राय सबैजना सुनचादीको ब्यापारमा लागेपनि एसएलसी प्रथम श्रेणीमा पास गरेपछि समिरलाई भने पाइलट बनाउने इच्छा थियो, बुबाआमाको । समिर सम्झिन्छन् –“मैले जब एसएलसी प्रथम श्रेणीमा पास गरें तर परिवारमा ठूलो खुशी छायो । बुबाआमाले मलाई ब्यापारमा नलगाई पाइलट बनाउने इच्छा राख्नुभएको थियो । ”

समिरको पनि इच्छा पाइलट बनेर जहाज उडाउने नै थियो । त्यसैले उनी ग्रयाजुएशनपछि पाइलट अध्ययन गर्न बैंगलोर गए । त्यहा उनले झण्डै दुईवर्ष अध्ययन गरे । तर उनी पाइलट बन्न भने सकेनन् । बरु नेपालमा नै फर्केर पुख्र्यौली पेशा ब्यापारमा लागे । २१ वर्षको कलिलो उमेरदेखि नै सुनचादी र हिराको ब्यापारमा लागेका समिर व्यापारको काम सुरु गर्नेताका नै सूर्या महर्जनसंग बैवाहिक जिवनमा बाधिएका थिए । उनले प्रेमविवाह गरेका हुन् । उनी भन्छन् –“मेरो उनीसंग कक्षा ९ मा पढ्दादेखि नै लभ पर्यो । उनीसंग विवाहपछि मलाई विजनेश पनि फाप्यो । ”

विवाह गरेपछि समिर र सूर्याको जेठी छोरीका रुपमा आयुशा महर्जनको जन्म भयो । त्यसपछि चार वर्षको फरकमा अर्की छोरी सामिया महर्जनको जन्म भयो । पछि तेश्रो सन्तानका रुपमा छोरा जन्मियो । काठमाडौंमा व्यापार गर्दा गर्दै मुम्बईमा ६ वर्ष वसेपछि समिर सन् २००५ मा अमेरिका आएका हुन् । अमेरिका आएपछि सुरुमा न्युयोर्कको म्यानहटनमा डायमण्ड स्टोर खोलेका थिए समिरले । एकातर्फ भारतीय र अर्कातर्फ यहुदीको स्टोरका बीचमा उनले स्टोर खोलेका थिए त्यसैले चुनौतीपूर्ण थियो त्यतीबेला । अरु देशका नागरिकहरु आएर नेपाललाई भारतको भाग भनिदिंदा उनको निकै चित्त दुख्थ्यो । समिर भन्छन् –“मैले त्यस्ता व्यक्तिलाई जति व्यस्त भएपनि नेपालको बारेमा चिनाउथें । ”

म्यानहटनपछि उनले नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र क्वीन्सको ज्याक्सनहाइटमा डायमण्ड स्टोर खोले । त्यसपछि अमेरिकामा उनको हिराको ब्यापार मौलाउदै गयो । अहिले उनले अमेरिकाको अलास्का, न्युयोर्कको म्यानहटन, भर्जिनिया, न्युयोर्क , क्यालिफोर्निया र मिजौरीमा हिराको ब्यापार गरिरहेका छन् । अमेरिका बाहेक उनको ब्यापार अहिले हङकङ, भारत, जर्मनी र नेपालमा पनि छ ।

समिरलाई हिराको ब्यापारमा पत्नी सूर्या महर्जनको ठूलो साथ रहेको छ । दाजुहरु बाबुराजा, अमिर र भिनाजु कृष्णलाल महर्जन पनि समिरसंगै व्यापारिक पेशामा छन् । ज्वाइन्ट बिजनेशका रुपमा उनीहरुको व्यववशाय चलिरहेको छ । पहिले भिनाजु रमेश महर्जन पनि सामुहिक ब्यापारमा थिए । तर अहिले रमेशको अलग्गै बिजनेश छ ।

समिर बिसुद्ध व्यापारीमात्र होइनन्, न्युयोर्कका चर्चित सामाजिक व्यक्तित्व पनि हुन् । विभिन्न संस्थामा नेतृत्वदायी भूमिका खेलेका समिरले सामाजिक क्षेत्रमा गर्दै पुर्याउदै आएको योगदानको सुची निकै लामो छ ।

ब्यापार र समाजसेवा वाहेक समिरको फूटवल, टेवलटेनिस र स्नुकरमा पनि रुची रहेको छ । बौद्ध धर्मालम्बी समिरको पछि नेपालमा फर्केर बौद्ध गुम्बा बनाउने इच्छा छ । उहाकी आमा अष्टमाया महर्जनको इच्छा पूरा गर्न पनि उनी बौद्ध गुम्बा बनाउने सोचमा छन् । उनी भन्छन् –“सुरुमा त १० वर्षमा नै नेपाल फर्कने योजना थियो तर अब ब्यापार बढाउदै लगेकाले नेपाल फर्कने समय लम्बिन सक्छ । नेपालको सम्झना आउदा भने अहिले नै नेपाल फर्किहालु जस्तो लाग्छ । ”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com