फेवातालको किनारामा भब्य नवदुर्गा आरती (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

पोखरा लेकसाइडमा फेवाताल किनारमै एकबर्षदेखि नवदुर्गा आरती गरिदै आएको छ । हरेक साँझ शंखध्वनिका साथ आरती सुरु हुन्छ । र, स्तोत्र पाठसहित सुगन्धित धुप बालिन्छ । भक्तजन झण्डै १ घण्टा आरतीमा मन्त्रमुग्ध रहन्छन् ।

आरतीले विदेशी पर्यटकहरुलाई समेत आकर्षित गरेको देखिन्छ । उनीहरु फाटो र भिडियो खिच्नमा व्यस्त देखिन्छन् ।

२४ असोज ०७५ देखि तालबाराही घाटमा आरती सुरु भएको हो । सुरुमा काठमाडौंबाट गायक ल्याएर प्रत्यक्ष आरती गायन हुन्थ्यो । तर, त्यो खर्चिलो भएकाले अहिले काठमाडौंमा रेकर्ड गरिएको आरती सुनाइने गरेको छ ।

दैनिक तीनजना गुरुले कलाकौशलसहित आरती गर्छन् । त्यसक्रममा शिव ताण्डव नृत्य देखाइन्छ । शिव ताण्डवपछि मयूरको प्वाँख र चमरले देवी भगवतीलाई शीतलता प्रदान गरिन्छ । अन्त्यमा भजनकीर्तनका साथ टीका र प्रसाद ग्रहण गरिन्छ ।

केही दिन अगाडि खसोखासका प्रधानसम्पादक किशोर पन्थी त्यहाँ पुगेर केही तस्वीर कैद गरेका छन् । तीमध्येका केही तस्वीर खसोखासका पाठकका लागि ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com