३४ बर्षदेखि फूलखेती गर्दै आएकी सानुमैया तामाङ (फोटो फिचर)


प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार

नेपालीहरुको महान चाड दीपावली सबैको घर आंगनमा आइपुगेकोे छ । देउसी र भैलोले सामाजिक सञ्जाल र रेडियो टेलिभिजनमा गुञ्जायमान सुरु गर्न थालिसके ।

‘फुलै फुलको चाड’ भनेर चिनिने तिहारमा मखमलि र सयपत्रि फुलको बजार निकै उत्साहजनक हुने गर्दछ, हरेक वर्ष । यस वर्षपनि देशका विभिन्न भागमा फुलको बजार निकै उत्साहजनक देखिन्छ । नागर्जुन नगरपालिका इचंगुकी सानुमैयां तामाङ वर्षौंदेखि फुलखेती गर्दै आएकी छिन् ।

उनले ०४२ सालदेखि फुलखेती गर्दै आएकी हुन् । उनले फुलखेती मात्र गरेकी छैनिन्, दैनिक रोजगारीका लागि विदेशीएका युवाहरुका लागि प्रेरणा पनि दिँदै आएकी छिन् ।

उनी विचौलिया लगाएर बजारमा फुल पुर्याउन भन्दा युवाहरु आफैंले फुल खेती गरेर मनग्य आम्दानी गर्नसक्ने बताउँछिन् । पहिले फुल खेती गरेर केहीबेर के गर्छेस् भन्नेहरु आज आफूलाई देखेर दंग पर्ने उनी बताउँछिन् ।

सरकारले फुल खेतीलाई व्यवस्थित गर्न नसकेको उनको गुनासो छ । सुरुमा ३०० ढ्वाङ फुल बेच्ने उनी हिजोआज ९००/१००० ढ्वाङ बेच्ने बताउँछिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com