प्रधानमन्त्रीसँगको भेटमा भारतीय वित्तमन्त्रीले भने–सहमतिमा राजनीतिक व्यवस्थापन होस्


प्रकाशित मिति : फाल्गुन २०, २०७३ शुक्रबार

भारत सरकारले सहमतिका आधारमा राजनीतिक व्यवस्थापन होस् भन्ने चाहना पुनः व्यक्त गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आएका भारतका वित्तमन्त्री अरुण जेट्लीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको भेटमा भारतको यस्तो चाहना सुनाएका हुन् । यसअघि निवर्तमान भारतीय राजदूत रणजित रायले पनि चुनावबारे भारत सरकारको धारणा भन्दै सहमतिमा जोड दिएका थिए ।

‘सहमतिका आधारमा नेपालको राजनीतिक व्यवस्थापन अघि बढोस् भन्ने हामी चाहन्छौँ,’ भारतीय अर्थमन्त्री जेट्लीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्रीले स्थानीय निर्वाचन र संविधान संशोधनबारे संक्षिप्त कुरा गरेपछि जवाफमा जेट्लीले सहमतिमा जोड दिएका थिए ।

‘राजनीतिक विषयमा धेरै कुराकानी भएन, आर्थिक विषयमा कुराकानी भयो र भारतीय विदेशमन्त्रीले विदेशी प्रत्यक्ष लगानी भित्राएको भारतीय अनुभव प्रधानमन्त्रीलाई सुनाउनुभयो,’ अधिकारीले भने । प्रधानमन्त्रीले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्यवन गर्न क्रियाशील रहेको बताउनुभयो,’ भेटपछि प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरूको एकता र सहकार्यका आधारमा आफू अगाडि बढिरहेको बताउनुभयो ।’

प्रधानमन्त्रीले हुलाकी राजमार्ग, ट्रान्समिसन लाइन विस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत् आयोजनालगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले आउने दिनमा जलविद्युत्, पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न वित्तमन्त्रीलाई आग्रह गरेका थिए ।

जेट्लीले लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे । उनले  आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने पनि उल्लेख गरे । यसैबीच जेट्लीले नेपाली समकक्षी उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरासँग पनि भेटवार्ता गरेका छन् । नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com