दिपावलीमा प्रयोग गरौं नेपालमै बनेका पाला, यसरी बनाइदैछ पाला (फोटो फिचर)


प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार

हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ ।

बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । तिहार सुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानको लागि प्रख्यात भक्तपुरको पोट्री स्क्वाएरका कुमालेहरुलाई भ्याई नभ्याई हुन थालेको छ। पालाको ब्यापार तिहारमा अत्याधिक हुने र तिहारपछि अत्यन्त न्यून हुने भएकोले पोट्री स्क्वाएरका प्राय सबै कुमालेहरु भाडा बनाउनै व्यस्त छन्।

तिहारमा मात्र एकजनाले राम्रोसँग पाला बनाएर बेच्नेले ५०–६० हजार सम्म कमाउने गरेको ब्यवसायीहरुको अनुभव छ। तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुने गरेको छ। तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीको माग उच्च हुने गरेको छ ।

तपाई पनि दिपावलीमा नेपाली पाला नै प्रयोग गर्ने हो कि ? नेपालको उत्पादनलाई प्रोत्साहन गर्दै परम्पराको संरक्षण गर्ने हो कि ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com