तिहारै आयो, फूल्यो मखमली ……


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को आउँछ । कारण, यहाँका अधिकांश स्थानीयको रोजिरोटी नै फूल उत्पादन छ । आम्दानीको मुख्य स्रोत फूल उत्पादनलाई बनाएका यहाँका स्थानीहरु आउँदै गरेका दीपावलीलाई फूलको माला बनाउन भ्याइनभ्याई छ ।

स्थानीयहरुको गुनासो छ–‘पाँच रुपैंयामा चिया पाउने बेलामा पाँच रुपैयाँमै फूलको माला बेच्ने गरेका थियौं । चियाको भाउ बढेर २० रुपैंया पुगिसक्यो फूल चाँही १० रुपैंयामै खोज्छन् ।’ गुण्डुका स्थानीयहरु यतिबेला आफूहरुले गरेको फूलको उचित मुल्य नपाउँदा दुःखी छन् । समय अनुसार फूलको मुल्य नबढेको भन्दै आफूहरुको ६ महिनाको आम्दानी यही भएको उनीहरुले सुनाए ।

दीपेन्द्र ढुंगानाको फोटो फिचर ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com