लाइफ टाइम अचिभमेन्ट अवार्ड र पूर्व एआइजी यादव अधिकारी


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

– राधाकृष्ण देउजा

पत्रकारिताका आदरणीय हस्ती, पत्रकारिता क्षेत्रमा लागेर निष्ठापुर्वक काम गर्दा निक्कै हण्डर ठक्कर खान वाध्य गोपाल बुढाथोकी दाइको नेतृत्वमा जनताको सूचनाको हकको रक्षा गर्दै सकेसम्म सहि समाचार निर्भिकतापुर्वक प्रकाशन गर्दै आएको साँघु साप्ताहिक म र म जस्ता थुप्रै सर्वसाधारणको  निम्ती अत्यन्त प्रिय रहँदै आएको छ तर आज त्यसको अनलाइन संस्करणमा प्रकाशित एउटा समाचार पढेपछि कहिले काहीं सहि सुचनाको अभाव वा जाने अन्जानेमा  पर्न गैरहेको हुनसक्ने प्रभावले त्यस्तो विश्वसनीय संचार माध्यममा पनि आक्कल झुक्कल तथ्य भन्दा वाहिर रहेको अविवेकी र अन्यायपूर्ण टिप्पणीहरु आउन सक्ने रहेछन भन्ने लाग्यो ।

साँघुको अनलाइन सँस्करणमा आएको “ विवादमा पर्यो प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड” भन्ने शीर्षकमा प्रकाशित टिप्पणी  साँघु जस्तो लोकप्रिय संचार माध्यममा आक्कल झुक्कल आउने त्यस्तै अवेवेकी र तथ्य भन्दा टाढा रहेको समाचार थियो । त्यस समाचारमा उल्लेख गरिए अनुसार विवादमा परेको भनेको यस पटकको अवार्ड आफुले नपाएर मन दुखाउने वाहेक अरु सबैलाइ न्यायपूर्ण लागेको छ भन्दा त्यो नै तथ्यपूर्ण ठहर्ने छ ।

यस पटक दिइएको लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउने पुर्व एआइजी यादव अधिकारी नेपाल प्रहरीमा समग्रतामा सवैले अत्यन्त श्रद्धा गर्ने पुर्व प्रहरी अधिकृत हुन । आफ्नो योग्यता , क्षमताको प्रयोग मार्फत गरेको कामको आधारमा प्राप्त लोकप्रियता भन्दा अन्यथा कुनै अर्को शक्ती नभएकोले पाउनु पर्ने वढुवा नपाएपछि लामो न्यायिक लडाईं लडेर मात्रै आफ्नो हक स्थापित गर्न सफल यादव अधिकारीको छनोटले शक्तीशाली , प्रभावशाली र आफ्नो निम्ती सहयोगी हुन सक्ने खालकालाइ अवार्ड दिएर रिझाउने काम हुन्छ भन्ने आशँका गलत सावित मात्रै गरेको नभएर वर्तमान  आइजीपी सर्वेन्द्र खनालको न्यायपूर्ण निर्णय क्षमतालाइ थप उज्यालो पारेको छ भने निष्ठा र वाफदरिपूर्ण गरेका कामको कहीं कतै कसैले मुल्यांकन गरेको हुँदो रहेछ  भन्ने प्रष्ट परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हुन त त्यस समाचारमा नेपाल प्रहरीका सदा आदरणीय पुर्व आइजीपी खडगजित बरालले प्रहरीको यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड कसले पाउँदैछ भन्ने समेत थाहा नहुँदै वर्षै  पिच्छे त्यस्तो अवार्ड दिनु त्यति सान्दर्भिक नभएको भन्दै लेख्नु भएको कुरालाइ समेत यादव अधिकारीले अवार्ड पाउनु हुदैन थियो भन्ने वहाँको आसय थियो र वहाँको लेखनी त्यसैको संकेत थियो भन्ने अर्थ्याउन खोजिएको देखिन्छ । तर धेरैले भन्छन पेशागत धर्म प्रति सदैव इमान्दार रहेर आफ्नो इतिहास बनाएका रोल मोडेल पुर्व आइजीपी खडगजीत वरालले आफुले सेट गरेको स्तरमा अव्वल रहेर सेवा निवृत यादव अधिकारीले अवार्ड पाउने थाहा पाएको भए प्रहरी दिवसको शुभकामनामा उल्लेख गर्नु भएको लाइफटाइम अचिभमेन्ट अवार्ड सम्वन्धि वाक्याँशनै राख्नु हुने थिएन , वाहाँ जस्ता इतिहास पुरुषले आफुले खोजेको जस्तो गुण भएको अधिकृत पुरष्कृत हुँदा असन्तुष्टि गर्ने भन्ने सवालनै हुदैन ।

नेपाल प्रहरीका वाहलवाला देखि पुर्व प्रहरी अधिकारीहरु  मात्रै हैन नेपाल प्रहरीलाइ बुझेका धेरैले निम्न कारणले गर्दा यादव अधिकारीलाइ दिइएको अवार्ड न्यायपूर्ण भएको ठान्छन :

१. प्रहरी निरिक्षेकको रुपमा भर्ना भएर अतिरिक्त महानिरिक्षेकको रुपमा सेवा निवृत हुँदासम्म उनि जहाँ संकट त्यहाँ यादव भन्ने शैलीमा प्रहरी नेतृत्वको छनोट रहँदै आए , जसले गर्दा उनि सदैव चर्चामा रहँदै आए । प्रहरी निरिक्षेकको रुपमा नगर प्रहरी काठमान्डौ , डिएसपीको रुपमा दुइ पटक काभ्रे , इलाम , सल्यान , ट्राफिक काठमाडौँ , एसपीको रुपमा चितवन , सिराहा , पर्सा अनि एसएसपीको रुपमा वाग्मती र सगरमाथा , डिआइजी हुँदा एअरपोर्ट जाने उनको रहर भन्दा संगठनको आवश्यकताले भूमिका खेलेको थियो , जाहाँ गए त्यहाँ कामले नै सम्मानित र सफल भए । त्यसैले त उनको कमजोरी केहि नपाएर “ रक्सी धेरै खाने” भन्ने वाहेक अरु केहि  भनेको , लेखेको कहीं सुन्न पढन पाइदैन अनि त्यस्तो भन्नेले पनि उनले रक्सी खाएर कहीं केहि विगार गरेको तथ्य पेश गर्न सक्दैनन । 

२. उनी कमाउ धन्दामा लाग्नु भन्दा अध्यन गर्ने र जानेको सिप , शिक्षा बाड्नमै रमाउने अधिकृतको रुपमा चिनिए त्यसो हुँदा अरुले सकेसम्म  जान नखोज्न प्रहरी तालिम केन्द्र र  एकेडेमी रोजेर खोजेर जाने गर्थे । बिभिन्न पटक बिभिन्न दर्जामा त्यहाँ बस्दा उनले ठुलो संख्यामा  प्रहरी संगठनका भविष्यको नेतृत्व पङ्क्तिका अधिकृतहरुलाइ चिन्ने र उनीहरुको विचमा आफुलाइ चिनाउन पाए जसले गर्दा उनि प्रहरीकै सर्वाधिक लोकप्रिय र अन्तरमनले सम्मानित अधिकृत भए । 

३. उनी जहाँ बसे त्यहाँ आफु मातहत रहेकाहरुलाइ हप्काउने , दवाउने वा अनावश्यक हस्तक्षेप गर्ने काम कहिले गरेनन , सदैव उनीहरुको वृति विकासको सारथी बन्दै रहे , उनीहरुको काममा हस्तक्षेप गर्ने नभएर रचनात्मक सहयोग गर्ने काम गर्दै रहे ।प्रहरीका उम्दा मानिएका उनका जुनिएरहरु   नवराज सिलवाल , रमेश खरेल लगायत थुप्रैको प्रत्यक्ष कमान्डर रहँदा उनीहरुलाइ स्वतन्त्र रुपमा ढुक्कसंग काम गर्न दिए ।

वहालवाला आइजीपी सर्बेन्द्र खनाल देखि पुर्व आइजीपी प्रकाश अर्याल समेत कुनै वेला वहाँको मातहतमा काम गरेका अधिकृतहरु हुन जसले उनको असल व्यक्तित्व, इमान्दार शैली र प्रेरणा दिने स्वभावको कारण आफुलाइ थप अव्वल बनाउन पाए । सर्बेन्द्र खनाल जस्तो मिहिन ढंगले अध्ययन गरेर मात्रै धारणा बनाउने अनि सम्मान पाउनु पर्नेलाइ मात्रै सम्मान गर्ने स्वभाव भएको व्यक्ती नेतृत्वमा हुँदा कुनै हल्ला खल्ला बिनानै  अहिलेको  अवार्डको यादव अधिकारीलाइ दिने निर्णय लिनु भनेको यादव अधिकारीले प्रहरीमा रहँदा प्रदर्शन गरेको त्यस्तै असल व्यक्तित्व र कुशल भूमिकानै हो । 

उल्लेखित वुझाई सहितको बुँदागत भनाइलाइ उनले बिभिन्न तह र जिम्मेवारीमा रहेर गरेको कामहरुको साथै एअरपोर्ट प्रहरी प्रमुख हुँदाको चार महिनामा करिव ३६ किलो सुन समातेको तथ्य समेतको स्मरण गर्दा उनि अवार्डको उचित दावेदार रहेको पुष्टि हुनुको अलावा उनले अवार्ड पाउनुले कसैको आशिर्वादमा नभएर  आफ्नो योग्यता , क्षमताकै जगमा सफल हुन चाहने सम्पूर्ण प्रहरीलाइ प्रेरणा मिलेको छ । त्यस भन्दा अझै महत्वपूर्ण कुरा के हो भने इतिहासकै सफल गृहमन्त्री समेत भैसक्नु भएका वर्तमान प्रधानमन्त्री केपी ओलीले यदी उक्त अवार्डको निम्ती यादव अधिकारी उपयुक्त पात्र नभएको भए मन्द मुस्कान सहित “ बधाई छ” भन्दै अवार्ड हस्तान्तरण गर्नु हुने थिएन । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com