‘प्रहरी गुण्डादल हो ? उसलाई जे मन लाग्यो त्यही गर्ने छुट छ ?’ : राधाकृष्ण देउजा


प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार

– राधाकृष्ण देउजा

केहि समय देखि केहि अनलाइनहरुमा नेपाल प्रहरीको आइजीपी परिवर्तनको हल्लाहरु चलिरहेका वा चलाइरहिएको छ । हुन त यस्ता खालका हल्लाहरु चल्ने गरेको यो पहिलो पटक हैन , विगतका थुप्रै आइजीपीहरुको कार्यकालमा पनि यस्ता हल्लाहरु चल्ने गरेकै हुन र भोलि आउने आइजीपीहरुले पनि यस्ता खालका हल्लाहरुको सामना गर्नु पर्ने नै छ भलै अक्सर हल्ला चले अनुसार आइजीपी परिवर्तन भएको भने विरलै छ ।

त्यति मात्रै हैन अहिले यसो वा त्यसो भन्दै प्रहरी असक्षम भयो , वदनाम भयो , असफल भयो अनि यस्तै यस्तै भनेको , लेखिएको सुन्न पढन पाइन्छ । प्रहरी सेवा कसैको निम्ती दृघकालसम्म हुने कुरै हैन , त्यसैले त्यसमा काम गर्ने जवान देखि आइजीपीसम्म कुनै पनि बेला सेवा विमुख हुने , अवकाश हुने वा सेवा निवृत हुने विषय कुनै अकल्पनीय हैन र हुने गरको पनि छैन । तर चाहे प्रहरीको जवान होस, निजामती सेवाको खरदार होस वा प्रहरीको आइजीपी हुन वा सरकारका मुख्यसचिव हुन सवैले एउटा विधि र प्रक्रियामा टेकेर सेवा प्रवेश गरेको हुन्छन र उनीहरुको वहिर्गमन पनि एउटा विधि र प्रक्रिया अनुसारनै हुन्छ र हुनुपर्छ ।

विगत देखि वर्तामानसम्म अनि वर्तमान देखि भविष्यसम्म पनि प्रहरी वा जोसुकैको पनि भाग्य भविष्य अनुमान , आशँका र हल्लाहरु अनि त्यसैको आधारमा तयार भएका समाचारहरुको मोहताज हुदैनन र हुनुहुदैन र अक्सर भएका पनि छैनन । तर त्यसको वावजुद आइरहने हल्लाहरुले अरुलाइ के गर्छ कुन्नी तर सुरक्षाफौजको सदस्यको रुपमा राष्ट्रसेवामा प्रवेश गर्दानै जुनसुकै बेला सेवा विमुख हुनुपर्ने सत्य बुझेकाहरुको मनोवललाइ त के फरक पार्ला र खै तर उनीहरुको स्थाइत्व र उच्च मनोवलमा आफ्नो शान्ती सुरक्षा देख्ने जनताको पङ्क्तिलाइ भने दीगभ्रमित, चिन्तित र अन्योल जरुर बनाउने गरको छ ।

झन संगठनकै सवलता र सक्षमतामा नै सवाल उठ्यो भने त वाह्य मात्रै हैन आन्तरिक चासो र चिन्ता पनि बढनु स्वाभाविक नै हुन्छ , त्यसो हुँदा अहिले आइरहेको नेतृत्व परिवर्तनको अपत्यारिलो दावीहरुले खासै फरक नपारे पनि संगठनकै प्रभावकारितामा नै सवाल खडा गरिएको टिप्पणीहरुले स्वाभाविक अन्योल सिर्जना भैरहको पक्का छ । दुखका साथ भन्नुपर्छ प्रहरी संगठनसंग जोडिएर आइरहेको कतिपय विश्लेषण सहितका टिप्पणीहरु विश्लेषक र टिप्पणीकर्ताहरुको इमान्दारिता, सकारात्मकता प्रति उच्च सम्मान हुँदाहुँदै पनि न्यायपूर्ण देखिदैन ।

नियोजित , प्रायोजित भ्रम वा ज्यादा अपेक्षाको परिणाम हो यो थाहाछैन । तर आइरहेका कतिपय विश्लेषणहरु यथार्थ भन्दा टाढा अनि प्रहरीहरुको निष्ठा , इमान्दारी र कर्तव्यपरायणताको अवमुल्यन हुने खालका देखिन्छन । कुनै अमुक व्यक्ती पदमा रहने वा नरहने गौण कुरा हो तर सदैव उच्च मनोवल सहित खटनु पर्ने र खटिरहेको प्रहरी संगठनको सम्मान , उनीहरुको कामको उचित मुल्यांकन ठुलो कुरा हो । त्यसैलाइ मध्य नजर गर्दै प्रहरी संगठनसंग जोडिएर आइरहेका विषयहरुमा निम्न तथ्यगत बुझाइ राख्नु बान्छनीय होला भन्ने लागेको छ :

१. नेपाल प्रहरी विद्धमान ऐन नियमले दिएको अधिकारको अधिकतम प्रयोग गर्दै जनताको शान्ती सुरक्षाको निम्ती दिनरात खटिने संगठन हो । यसले केहि अपवादहरु वाहेक समग्रमा अपेक्षित कामनै गरेको छ , जहाँ-जहाँ त्रुटी कमजोरी भएका छन त्यहाँ त्यहाँ त्यस्तो गर्नेहरुलाइ गल्ति अनुसारको कारवाही पनि भएका छन । त्यसो भएको हुनाले समग्रतामा प्रहरी संगठनलाइ जनताले हृदय देखि नमन गर्नु पर्छ l कमजोरी प्रति निर्ममता साथ प्रहार गर्दै गर्दा पनि सवलताको चर्चा अनि प्रशंसनीय कामको प्रशँसा हुनुपर्छ ।

२. प्रहरीको भूमिका यस्तो वा त्यस्तो हुनुपर्छ भनिरहँदा अपेक्षा अनुसारको काम गर्न प्रहरीलाइ अधिकार छ वा छैन भनेर पनि हेरिनु पर्छ । जस्तै अहिले चर्चामा रहेको कृष्ण बहादुर महरा प्रकरणमा पनि प्रहरीको भूमिकामा मात्रै हैन नियतमै सवाल खडा गर्न खोजिएको छ , जुन न्यायपूर्ण छैन । आफुलाइ वलात्कार भयो भनेर प्रहरी बोलाउने तर जाहेरी दिन नमान्ने अनि लगत्तै मलाई केहि भाकै छैन भनेर प्रहरीमै निवेदन दिने महिलाको सुरुमै स्वास्थ्य परिक्षण नगराउने भुल वाहेक प्रहरीले अरु गर्ने काम गरिरहेको छ ।

उसले आवश्यकता अनुसार ऐन, नियम अनुसार गर्नु पर्ने काम गर्छ एक दुइ दिन ढिला वा चाँडो छुट्टै कुरा हो तर अपराध गर्नेलाइ छुट होला कि भन्नेमा आशंका गरिहाल्नु पर्ने छैन । त्यसभन्दा महत्वपूर्ण कुरा त केहि घण्टा अगाडी सम्माननीय सभामुख रहेका कृष्ण बहादुर महरालाइ साँसद पदसम्मबाट राजीनामा गर्न निर्देशन हुने अवस्था नेपाल प्रहरीले सक्रियता पुर्वक गरेको अनुसन्धानको उपज हो भन्ने तथ्य भुल्नु हुदैन ।

३. प्रहरीको भूमिकालाइ अनपेक्षित देखाउने सम्वन्धमा चर्चा गरिने अर्को निर्मला हत्या प्रकरण पनि हो तर त्यसमा पनि प्रहरी सम्वन्धि चर्चा परिचर्चा न्यायिक हुन सकेको छैन । निर्मला प्रकरणमा स्थानीय प्रहरीको सुरु भूमिका पक्कै पनि गैरव्यवसायिक भएकै हो तर त्यसो हुनुमा पनि नियत खराव थियो होला भन्न सकिन्न किनकि त्यसपछि केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएर गएको सक्षम टोलिले निकालेको निष्कर्ष र जिल्ला प्रहरी कार्यालयले निकालेको निष्कर्ष उस्तै थियो ।

हो स्वाभाविक रुपमा स्थानीय प्रहरीको सुरु त्रुटीले अनुसन्धानको विश्वसनीयता माथि सवाल खडा जरुर गरायो जसले सिर्जना गरेको जनस्तरीय आक्रोश र आशंका मत्थर गर्ने मनसायले राजनीतिक प्रशासनिक नेतृत्व समेतको सल्लाह सुझाव र निर्देशन अनुसार आफ्नै कतिपय काविल अधिकृतहरुलाइ निलम्बन गर्ने जस्ता अप्रिय निर्णय लिन प्रहरी नेतृत्व वाध्य भयो ।

कतिपयले भिडबाट निर्देशित जस्तो देखिने तत् सम्वन्धि निर्णयलाइ लिएर प्रहरी नेतृत्वले अडान राख्न नसकेको पनि भन्ने गरेका छन , जुन एकहदसम्म पनि सहि देखिएला तर त्यसको अर्को पाटोमा ध्यान गएको देखिदैन त्यो के भने तमाम मान्छेहरुमा अनेकन आशँका रहेको वा सिर्जना गराइएको समयमा आफ्नो निष्कर्ष र निष्कर्ष निकाल्नेहरुको पक्षमा अडान राख्दा अनावश्यक द्वन्द्ध बढेन खतरा हुन्थ्यो , जसको निराकरण गर्न केहि समय पिडा सहनु अनिवार्य थियो , प्रहरी संगठनले त्यही गर्यो । अव क्रमश मान्छेहरुले सत्य तथ्य बुझ्दै छन अव बिस्तारै सहि अनुसन्धानको सहि निष्कर्षहरु ग्राह्य हुँदै जानेछन ।

४: प्रहरी संगठनको बारेमा चर्चा गर्दा यो वा त्यो नाममा आर्थिक चलखेल भयो भन्ने गरिएको छ l फलानो खरिदमा यति पैसा यसले खायो , फलानो निर्माणमा यति पैसा त्यसले खायो भनेर समाचार आउने गरेका छन । यो वा त्यो काण्डको बारेमा अख्तियारले छानविन गरिरहेको छ अनि त्यसैको आधारमा प्रहरीको नेतृत्व तहका यो वा त्यो कारवाही पर्दैछ भन्ने मात्रै नभएर छानविन हुँदै गर्दा नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमुक विषयको निम्ति छानविन हुँदै रहेकोले त्यसबाट कारवाही हुन मन नलागे तत्काल राजिनामाको बाटो खुल्ला रहेको आसय प्रकट भएको जस्ता अनुमानमा आधारित समाचारहरु पनि प्रवाह भएको देखिन्छ ।

यसले पनि अन्योल थपिएको , चिन्ता थपिएको र मनोवलमा असर गरको देखिन्छ तर त्यो आवश्यक छैन किन भने नेपाल प्रहरी कुनै भूमिगत शैलीमा काम गर्ने निकाय हैन , उसले गर्ने हरेक खरिद बिक्रिको एउटा निश्चित विधि र प्रक्रिया हुन्छ , त्यसको पालना हुँदा सम्मान र पुरष्कार अनि नहुँदा कारवाही अनिवार्य हुन । अख्तियारको छानविनको कुरामा चिन्ता गर्दै गर्दा केहि समय अगाडी मात्रै महालेखा परिक्षेकको कार्यालयले प्रशंसाको पनि स्मरण गर्नु पर्ने हुन्छ ।

त्यसभन्दा पनि महत्वपूर्ण सत्य के हो भने सतहमा आएजस्तो अख्तियारले कसैलाइ कारवाही वा राजीनामा भन्ने छनोटको अधिकार दिंदैन र सिद्धान्तत दिन पनि मिल्दैन । त्यस्तो भएमा अख्तियार प्रतिको विश्वास गुम हुन्छ , लोकमान अनि दीपशमशेर जस्ता पात्रहरुको जन्म र उदय हुन्छ भन्ने विषयमा अहिलेका प्रमुख आयुक्त नविन घिमिरे प्रष्ट हुनुहुन्छ भन्ने त वहाँको गौरवपूर्ण विगत र वर्तमानमा वहाँले देखाउनु भएको अफवाहमा नभएर तथ्यमा आधारित हुने शैलीले प्रष्ट पार्छ ।

५. प्रहरीकै सम्वन्धमा चर्चा गर्दा कतिपयले कम्जोरलाइ काखा अनि अव्वललाइ पाखा भयो भनेको पनि सुन्न र पढन पाइयो । त्यस्तो लेख्ने जोसुकैको पनि इमान्दारिता र सकारात्मकताको उच्च सम्मान गर्नु पर्छ किनकि वहाँहरुलाइ प्राप्त सूचना अनुसार लागेको लेख्नु भयो तर इमानमा कपट नराखी लेखिएका त्यस्ता धारणा पनि समग्रता सत्य निकट छैनन भन्ने देखिन्छ र कहीं कतै त्यस्तो हुन गएको रहेछ भने पनि त्यो रहरले भन्दा वाध्यताले , आन्तरिक भन्दा वाह्य कारणले भएका छन ।

प्रहरीमा राम्राहरु पाखा परेकै हुन त ? भनेर गम्भीर भएर जो कोहिले पनि सोच्यो भने उनिहरुको दिमागमा प्रहरीमा आर्थिक रुपमा सबै भन्दा स्वच्छ मानिएका अधिकृत मेट्रो चिफ रहेको , आव्वल मानिएका अधिकृतहरुनै काठमान्डौ , ललितपुर मोरङ्ग , पर्सा , रौतहट , कास्की , कपिलवस्तु लगायत धेरै जिल्ला प्रहरी प्रमुख रहिरहेको वा रहिसकेको, संगठनका आशा लाग्दा अधिकृतहरुले तालिम केन्द्रहरुमा रहेर काविल प्रहरीहरुको उत्पादन र विकासमा सहभागी भैरहेको अत्यन्त इमान्दार भनिएका डीआइजीहरु अति महत्वपूर्ण प्रदेशहरुमा इन्चार्ज रहेको, अति असल मानिएका काविल अधिकृतले केन्द्रिय अनुसन्धान ब्युरोको नेतृत्व गरिरहेको , व्यवसायिक मानिएका अधिकृत प्रहरी प्रवक्ता रहेको , भर्ना छनोट शाखा प्रमुख रहेको लगायतको विषयहरु मात्रै हैन लामो समय देखि प्रहरी सरुवा बढुवा निशुल्क रहेका सत्यहरु पनि आउनेनै छन ।

अत उल्लेखित कुराहरुलाइ मनन गर्दै जहाँसुकै प्रहरीको भूमिका खोज्ने तर प्रहरीलाइ अपेक्षित भूमिका निर्वाह गर्न आवश्यक ऐन , नियम , स्रोत र साधन पनि चाहिन्छ भन्ने नबुझ्ने हाम्रो आफ्नो सत्यता प्रति लज्जा महशुस गरौँ । अर्को कुरो प्रहरी राज्यको एउटा निकाय हो जसलाइ अराजक भएर मनलागि गर्ने छुट छैन । सिपाही हवल्दार प्रति , हवलदार असइ प्रति अनि एवं रितले एआइजी आइजीपी प्रति अनि आइजी सचिव प्रति , सचिव मन्त्री प्रति र मन्त्री प्रधानमन्त्री उत्तरदायी रहनु पर्छ ।

त्यसैले प्रहरी लगाम रहित संगठन हो कि जसरि आशा अपेक्षा राख्नु वान्छनीय हुदैन । प्रहरी गुण्डादल हो र जसको नाइकेलाइ जे भन्छन त्यही हुने ? जुन बेला जे मन लाग्यो त्यही गर्ने अधिकार छ त ? भन्ने सवाल आफुले आफैंलाइ सोधौं अरु सबै प्रष्ट भैहाल्छ , प्रहरी प्रति सम्मान पैदा भैहाल्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com