अमेरिकी विश्वविद्यालयका भिजिटिङ प्रोफेसर मुस्ताङमा, तिब्बती थेरापीबाट हजारौंको उपचार


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

– किशोर पन्थी/मुस्ताङबाट फर्केर (साथमा फोटोग्राफर दिपेन्द्र ढुंगाना )

मुस्ताङको जोमसोममा बस्दै आएका छन् तिब्बती थेरापी र आयुर्वेदिक पद्धतीबाट हजारौंको उपचार गर्दै आएका लामा आम्ची साम्पा नवाङ गुरुङ । उनले पम्परागत र विश्वविद्यालयहरुमा अध्ययनपछि आम्ची विद्यामा कुशलता हासिल गरेका छन् ।

आम्चीको अर्थ हो डाक्टर । उनी यो विद्या हासिल गरेर बिरामीको उपचार गर्ने दशौं पुस्ता हुन् । पुख्र्यौली रुपमा नै यो उपचारपद्धती परिवारमा पुस्तान्तरण गरिदै आएको छ । नवाङले घरमै बुबाबाट यो विद्या सिके । पछि तिब्बत र भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो विद्यालाई समृत बनाए । अब उनका कान्छा छोराले यसलाई अगाडि बढाउँदैछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब पुस्तान्तरणमात्र नभएर यो विद्या हासिल गर्न चाहने अरुका लागि पनि आम्ची अध्ययन संचालन गरिएको बताउँछन् साम्पा नवाङ । उनका अनुशार अहिले यो विद्या हासिल गर्ने पछिल्लो पुस्ताका धेरैजना उत्पादन भइसकेका छन् । उनी भन्छन् –‘पहिले यो विद्या पुस्तान्तरण भएर आयो । अब सिक्न चाहने अरुका लागि पनि विस्तार भएको छ ।’

भर्जिनिया टेक युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर

आम्ची साम्पा नवाङ गुरुङलाई सन् २००१ मा भर्जिनिया टेक युनिभर्सिटीमा एसियन संस्कृतिका बारेमा अध्यापन गराउन भिजिटिङ प्रोफेसरका रुपमा बोलाइएको थियो । उनले झण्डै ६ महिना त्यहाँ सयौंलाई एसियन संस्कृतिका बारेमा पढाएका थिए ।

भर्जिनिया टेक युनिभर्सिटीमा धर्म र संस्कृतिबारे पढाउने कलाकार जेन लिलियन भेन्सले नेपालमा आएको बेलामा आम्ची साम्पा नवाङलाई भेटेकी थिइन् । उनी नवाङसँग अन्नपूर्ण टे्रकिङमा जानुका साथै तिब्बती र मुस्ताङी संस्कृतिको बारेमा ज्ञान हासिल गरेकी थिइन् । पछि उनैको पहलमा नवाङ भिजिटिङ प्रोफेसरका रुपमा अमेरिका गएका थिए ।

त्यहाँ उनलाई ६ महिनाका लागि झण्डै ४० हजार डलर दिइएको बताउँछन् नवाङ । उनलाई बिदाई गर्ने बेलामा कलाकार भेन्सले उनको जीवनयात्राको बारेमा थाङ्का कला बनाउने अनुमति मागेकी थिइन् । सुरुमा उनले त्यसका लागि अनुमति नदिएपनि सबैको आग्रहपछि आफ्नो जीवनयात्राका बारेमा थाङ्का कला बनाउन अनुमति दिएका थिए ।

जीवनयात्राका बारेमा थाङ्का

त्यसपछि कलाकार भिन्सले नवाङको जीवनयात्रालाई थाङ्कामा उतारेकी थिइन् । तर उक्त थाङ्का नवाङकै गाउँमा पुगेर हस्तान्तरण गर्न भने लामो समय लागेको थियो । नेपालमा चलेको जनयुद्धको समाप्तीपछि सन् २००७ को जुनमहिनामा कलाकारसहितको टोली भर्जिनियाबाट मुस्ताङ पुगेर विशेष उत्सवका बीच थाङ्का हस्तान्तरण गरेको थियो ।

थाङ्कामा नवाङको जीवनयात्रालाई विभिन्न तीनवटा भाषा (तिब्बती, अँग्रेजी र चित्र) मा समेटिएको छ । उनी को हुन्, उनको योगदान के हो लगायतका विषयहरु थाङ्कामा समेटिएको छ । विभिन्न १२ भागमा नवाङको जीवनयात्रालाई सचित्र उल्लेख गरिएको छ ।

जोमसोममा ल्याउनु अगाडि उक्त थाङ्काको उद्घाटन अमेरिकामा नै गरिएको थियो । त्यहाँका मुलधारका संचारमाध्यमहरुले पनि यसलाई समाचारमा समेटेका थिए । पछि मुस्ताङ ल्याउने क्रममा भर्जिनियादेखि मुस्ताङसम्मको १३ हजार माइलको यात्रा भिडियोमा कैद गरेर बृत्तचित्र समेत निर्माण गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com