आज राष्ट्रकवि माधव घिमिरेको १०१ औं जन्मदिन


प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार

आज राष्ट्रकवि माधव घिमिरेको १०१ औँ जन्मदिनको अवशरमा शुभकामना दिनेहरुको ओइरो लागेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति र संस्थाहरुले उहाँलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले उहाँको जन्मदिनको अवशरमा शुभकामना दिएको छ ।

बिक्रम सम्बत १९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मनुभएका घिमिरे नेपाली साहित्यमा लोकप्रिय कवि हुनुहुन्छ ।

राष्ट्रकविको जन्मोत्सवको एकदिन अगाडि सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ कृतिको लोकार्पण गरिएको थियो । राष्ट्रकवि घिमिरको १०१ औँ जन्मोत्सवको अवसरमा एक सय एक जना कविद्वारा उहाँको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको थियो ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरे बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधाउपविधाहरुमा निरन्तर कलम चलाउदै आउनुभएको छ । प्रकृतिका अनेकन विविध पक्ष हरुलाई आफ्ना जिवन्त रचना हरुमा समावेश गर्दै जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाईहरु दिर्घसाधनाले भरिएका छन् ।

उहाँ जन्मिएको तीन वर्षमा नै आमालाई गुमाउनुपरेको थियो । ६ वर्ष हुँदा अक्षर चिन्नुभएका घिमिरेले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभयो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभयो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस जानुभयो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गनुृभयो ।

१४ वर्षको उमेरमा ज्ञानपुषप शीर्षकमा विसं १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा गर्नुभएका घिमिरे २००५ सालमा गोरखापत्रमै सहसम्पादकको जागिरे हुनुहुन्थ्यो । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि विसं१९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभयो । त्यपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य हुनुभयो ।

चर्चित राष्ट्रिय गीत गाउँछ गीत नेपालीका रचनाकार घिमिरे का अन्य चर्चित गीत हरूमाुफूलको थुङ्गा बगेर गयो, आजै र राति के देखे सपना छन्। उनी विसं २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभयो ।

बिसं २००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि उहाँले गौरी नामको शोककाब्य लेख्नुभयो । पहिलो कृति नव मञ्जरी वि।सं। १९९४ सालमा प्रकाशित भएपछिको काब्य यात्रा निरन्तर छ।

तस्वीरमा १ सयौं जन्मदिनको अवशरमा घिमिरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com