युवा सम्मेलन बंगलादेशमा सम्पन्न


प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार

–सुशील दर्नाल

बङ्लादेश (ढाका), 3 असोज )ः य’वाको क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तिहलाई ‘साउथ एसियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङकर सोसाइटीद्धारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा बङ्गलादेशका स्वतन्त्रता तथा द्धन्द्ध मामलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एशियाली मुलुकका युवाहरुलाई सो अवार्ड प्रदान गर्नुभयो ।

नेपालको तर्फबाट नेपाल वार एशोसियनका पूर्वकोषाध्यक्ष मोहन इङनाम, दलित महिला उत्थान संघ नेपाल (एड्वान) की महासचिव विन्दु परियार, कर्णाली टेलिभिजनका अध्यक्ष डम्बर शाहु, देशान्तर साप्ताहिकका सम्पादक विष्णुप्रसाद देवकोटा, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक देवीप्रसाद अधिकारी, जनचेतना विकास समाज नेपालका कार्यक्रम संयोजक नगेन्द्रप्रसाद भट्ट, र बालगृहहरुको महासंघ नेपालकी अध्यक्ष दुर्गादेवी मैनालीले सो अवार्ड प्राप्त गर्नुभयो । त्यसैगरी नेपाल मेघा कलेजका, सामाजिक कार्य विभाग प्रमुख सविन लामिछाने , पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, नेत्रहिन युवा संघ नेपाल काठमाडौँ उपत्यका शाखाका उपाध्यक्ष निर बहादुर श्रेष्ठ, नयाँ छोरी उद्यमशिल नेपालकी कोषाध्यक्ष रेनु (रञ्जु) ढुङ्गेल, पर्यटन व्यवसायी नानुकाजी अर्याल, उद्यमी अनुप सुनुवार, टुकी नेपालकी उपाध्यक्ष निर्मला धमला र राष्ट्रि«य समाचार समिति (रासस) कर्मी सुशील दर्नाल लगायत विभिन्न देशसहित ३३ जना युवाहरुलाई सो अवार्ड प्रदान गरिएको हो

त्यसैगरी ग्लोबल ल थिङकर सोसाइटीले ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्याललाई ग्लोबल चेन्स मेकर अवार्ड प्रदान गरिएको छ । क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सम्मेलन हमज सम्पन्न भएको हो । सम्मेलनमा दक्षिण एशियाली मुलुकबाट करिव ३०० युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मेलनमा दक्षिण एशियाली मुलुकमा रहेर विभिन्न विधामा सक्रिय युवाहरुलाई सम्मान गर्नुका साथै युवाहरुको नेतृत्व विकास, दिगो विकास, व्यावसायिक नेतृत्व, पर्यटन, शिक्षा, स्वास्थ्य, न्याय र प्रविधिलगायतका विषयमा बृहत् छलफल गरिएको थियो । पहिलो दक्षिण एशियाली युवा सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भइसकेको छ भने तेस्रो सम्मेलन सन् २०२० मा श्रीलङ्कामा सम्पन्न गरिने भएको छ ।

युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेण्टको उत्तर कोरिया, क्यानाडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ ।

ग्लोबल युथ पार्लियामेण्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एशियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’ लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । बङ्गलादेशका स्वतन्त्रता तथा द्धन्द्ध मामलामन्त्री एकेयाम मोजाम्मेल हकले दोस्रो दक्षिण एसियाली युवा सम्मेलन बंगदादेशमा आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै क्षेत्रीय विकास र एकताका लागि युवाहर एकीकृत हुँदैमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि बंगलादेशले सधै सहयोगी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । पाटिएमिण्टका अध्यक्ष दिवाकर अर्यालले दक्षिण एसियाली युवाहरुको सामूहिक वृद्धि विकासका लागि बलियो क्षेत्रीय एकता आवश्यक रहेको र त्यसका लागि यो सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

सोसाइटीकी अध्यक्ष राओमन स्मीताले दिगो विकासको लक्ष्य प्राप्तिका लागि साथै दक्षिण एसियाली मुलुकहरुको क्षेत्रीय एकता, विकास, साझेदारी समुन्नतीका लागि युवाहरुको सामूहिक एकता र सहभागिता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । –––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com