संविधान संशोधन हुन दिइँदैन : अध्यक्ष ओली


प्रकाशित मिति : फाल्गुन १२, २०७३ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन हुन नदिने बताउनुभएको छ ।
नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको ३६ औं ऋषिराज देवकोटा स्मृति दिवस एवम् जिल्ला प्रतिनिधि परिषदको उद्घाटन गर्दै अध्यक्ष ओलीले अरुको इसारामा दलहरुले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनुभयो ।

संसदमा संविधान संशोधनको प्रस्तावलाई ल्याईएला तर कुनै पनि हालतमा एमालेले संविधान संशोधन प्रस्ताव पास गर्नै नदिने उहाँले दोहो-याउनुभयो ।  स्थानीय निकायको चुनाव हुन नदिनका लागि संविधान संशोधन अनावश्यकको विषय बनाइएको उहाँको भनाइ छ ।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने दुईसयभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो ।
यसैबीच अध्यक्ष केपी ओलीलाई हेटौडा चतार राजमार्ग पीडित सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै ओलीले भन्नुभयो, “हेटौडा चतार राजमार्गको सुरुवात आफैले गरेको हुँ, यसले सिन्धुलीलाई सम्बृद्ध बनाउने छ तर पनि धेरै वस्ती तथा सम्पत्तिको क्षति नगरी राजमार्ग विस्तार गरिनुपर्छ ।” रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com