भैरवको मुखबाट जाँड र रक्सीको धारा, मुख थाप्नेको ओइरो


प्रकाशित मिति : ३० भदौ २०७६, सोमबार

उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा हनुमानढोकामा रहेको श्वेत भैरवको मुखबाट जाँडको धारा लगाइयो । प्रसादका लागि ठूलो संख्यामा महिला उपस्थित भएर जाँडको धारा मुखमा थापेका थिए ।

झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यःलाई नेपालकै सबैभन्दा अनुहार ठूलो भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ।
यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ।

यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर बाँडिन्छ। इन्द्रजात्राको पूर्णिमाको भोलिपल्ट महिलामात्रलाई पनि यसमा सहभागी गराइन्छ।

दीपेन्द्र ढुंगानाको फोटो फिचर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com