राप्रपाको केन्द्रिय सदस्यमा कोमल, रेखा र मिरा


प्रकाशित मिति : फाल्गुन ११, २०७३ बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । राति अबेर मतगणना सकिएको राप्रपाले जनाएको छ । मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत १२ सय २८ मत पाएर जित हात पार्नुभएको छ ।

विक्रम पाण्डेले दोस्रो स्थान प्राप्त गर्नुभएको छ । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पार्नुभएको छ भने झापाली नेता राजेन्द्र लिङदेनले पा“चौं स्थानसहित जित हात पार्नुभएको छ ।

महिला कोटाबाट उम्मेद्वारी दिनुभएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् । राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द र मिरा राणा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

मतदानमा ३ हजार २ सय ९७ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए । राप्रपामा ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । अध्यक्षमा कमल थापा यसअघि नै निर्वाचित भैसक्नुभएको छ । दुई राप्रपाको एकतापछि भएको महाधिवेशन आज सकिंदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com