निर्वाचन गर्ने सरकारको निर्णयप्रति जनाजातीहरुको आपत्ति


प्रकाशित मिति : फाल्गुन ११, २०७३ बुधबार

 

बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघले  आपत्ति जनाएको छ ।

जगतबहादुर बरामले सरकारले स्थानीय निर्वाचन अधुरो, अपूरो र असंवैधानिक तवरले आएको स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार मानेर गराउन लागेकाले विरोध गर्नुपरेको बताए ।

स्थानीय तहको संख्या र सिमा निर्धारण गर्दा आफूहरुको पहिचान खुलाउन सरकार तयार नभए अदालत जान बाध्य हुने महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आदिवासी जनजातिहरुको माग सम्बोधन नगरी सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै मान्य नहुने महासंघले चेतावनी समेत दिएको छ ।

बुधबार काठमाडौंमा  पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष महासंघले स्थानीय समुदायको पहिचान खुल्ने संवैधानिक व्यवस्था गर्न सरकारलाई दवाव दिँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com