चुनावका लागि सर्वपक्षीय सरकार गठन गर्न नयाँ शक्तिकाे माग


प्रकाशित मिति : फाल्गुन ११, २०७३ बुधबार

याँ शक्ति पार्टी, नेपालले आगामी माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।
नयाँ शक्तिको आज बसेको विशेष राजनीतिक समितिको बैठकले चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो ।
बैठकपछि डा.बाबुराम भटराइले तीन बुँदे विज्ञप्ति जारी गदै संविधान कार्यन्वयनका लागि चुनाव अनिवार्य रहेको पनि उल्लेख छ ।
नयाँ शक्तिले तीनवटै चुनाव एकैपटक गर्न पनि माग गरेको छ ।

विज्ञप्तीको पूर्णपाठ 

आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिको बैठकपश्चात संयोजक डा. बाबुराम भट्टराईले जारी गर्नुभएको प्रेस वक्तव्य । विशेष राजनीतिक समितिको बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारी समितिका सदस्यहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

१.      आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । संविधानसभावाट जारी भएको संविधान मुताविकको राज्यको अग्रगामी पुनर्संरचना पश्चातको निर्वाचन नियमित र पम्परागत निर्वाचन मात्रै नभै यो नयाँ संविधान नयाँ युग र नयाँ पुस्ताको अपेक्षा पूर्ति गर्ने ऐतिहासिक परिघटना पनि हो । यस अर्थमा आगामी एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वांचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध छ । सुशासन र विकास सहितको आर्थिक समृद्धिको एजेण्डाका आधारमा जनतावाट अनुमोदित हुँदै उक्त एजेण्डाहरु लागू गर्न सदा तयार र तत्पर छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

२.      नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र यसको कार्यान्वयनको लागि संविधानले तोकेको अवधि ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य छ भन्ने मान्यता पनि नयाँ शक्ति पार्टीले राख्दछ । दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थकालागि र चुनाव नगर्नकालागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको छ । तसर्थ चुनावको निम्ति आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम सरकारले पहिले गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।

३.      नयाँ संविधान बमोजिमको निर्वाचनकालागि जरुरी वातावरण तयार गर्न निम्न शर्त तुरुन्त पूरा गरियोस् भन्ने नयाँ शक्ति माग गर्दछ:

क)      जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर ।
ख)      प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुन:संरचनाको विवाद अन्त गर ।
ग)      स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर ।
घ)      भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थीरता र विकासको सुनिश्चितताकालागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर ।
ङ)      निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर ।
च)      समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।

डा. बाबुराम भट्टराई
केन्द्रीय संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com